FLASH NEWS
  • Loading...

बैंसरीमा अवरुद्ध यातायात खुल्यो, मुस्ताङ पुग्न भने साँझसम्म लाग्ने

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २५३ पटक पढिएको
बैंसरीमा अवरुद्ध यातायात खुल्यो, मुस्ताङ पुग्न भने साँझसम्म लाग्ने

बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका, २ बैंसरीमा खसेको पहिरो हटाएपछि दश दिनदेखी अवरुद्ध  रहेकाे यातायात बुधबार दिउँसाेदेखी सञ्चालनमा आएको छ ।

पहिरो झर्न रोकिएपछि सडक आयोजनाले एक्स्काभेटर लगाएर सडकमा खसेको पहिरो पन्छ्याएर यातायात खुलाएको हो । तर याताायात खुले पनि पहिरोको जोखिम भने टरेको छैन ।

बैंसरीको पहिरो पन्छ्याइए पनि अन्नपूर्ण गाउँपालिका–३, दानाको खामभित्तामा कालीगण्डकीको कटानले भासिएकोले बेनी–जोमसोम खण्डमा भने यातायात भने अझै खुलेको छैन । खामभित्तामा एक्स्काभेटरले सडकको भित्ता काटेर डाइभर्सन बनाउने काम भइरहेकोले साँझसम्म बेनी–जोमसोम सोझो यातायात सञ्चालन हुने छ ।

‘बैंसरी पहिरो र काप्रेभीरको पहिरो पन्छ्याएर यातायात खुलेको छ । नागढुङ्गामा पनि जोखिम छ तर गाडी पास हुन्छ । खामभित्ताको पहिरोमा डाइभर्सन बेनेपछि साँझसम्म बेनी–सोझो यातायात संञ्चालन हुन्छ,’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आायोजना प्रमुख जगत प्रजापतिले भने, ‘बैंसरीमा यातायात खुलेप नि पहिरोको जोखिम टरेको छैन । पहिला निरन्तर झरिरहन्थ्यो । अहिले पनि बेला–बेला ढुङ्गा खस्ने गरेको छ । राजमार्ग लामो समय बन्द भएकोले यातायात खुलाएका हौं । अहिले हेर्दै कुदाउँदै गर्ने हो । सावधानी आवश्यक छ ।’

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडकअर्न्तगत बेनी–घाँसासम्मको ४० किलोमिटर खण्डमा कम्त्मीा १२ वटा ठूला पहिरो पहिचान भएको छ । आयोजनाका अनुसार सदरमुकाम बेनीदेखि उत्तर लागेपछि ३ किलोमिटर गलेश्वर, ५ किलोमिटर चमेरे, ७ किलोमिटर बैंसरी, १४ किलोमिटरअगाडि बेगखोला, १९ किलोमिटर तातोपानी, २३ किलोमिटर जलथलेमा, ३० किलोमिटरमाथि रुप्सेछहरामा, ३२ किलोमिटरमाथि बाँदरजुँभिर र ३७ किलोमिटर लाटाखोला पहिचान भएको मुख्य पहिरो क्षेत्र हुन् ।