FLASH NEWS
  • Loading...

आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय चार दिन बन्द

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १७० पटक पढिएको
आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय चार दिन बन्द

आँखा पाक्ने सरूवा रोगको प्रकोप बढ्दै गएपछि म्याग्दी सदरमुकाम समेत रहेकाे बेनी नगरपालिका भित्रका विद्यालयहरू चार दिन बन्द गरिएकाे छ ।

बेनी नगरपालिकाले साेमबार सूचना प्रकाशित गरी नगर क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थीहरू संक्रमित भएकाे, संक्रमण दर बढेकाे र थप फैलन सक्ने भएकाेले आँखा पाक्ने सरूवा रोगकाे संक्रमणा नियन्त्रण गर्न भन्दै  साउन २९ गतेदेखी भदाै १ गतेसम्मकालागी विद्यालय बन्द गरिने उल्लेख छ ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको बेनी नगर प्रमुख सुरत केसीले बताए ।

बेनी अस्पतालले पिन पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको जनाएकाे छ ।  डाक्टरहरूका अनुसार सङ्क्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।

चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।