FLASH NEWS
  • Loading...

बैसरीको पहिरो खुलेकाे केही वेरमै माथीबाट खसेकाे ढुङ्गा लागेर चालक घाईते

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ८३७ पटक पढिएको
बैसरीको पहिरो खुलेकाे केही वेरमै माथीबाट खसेकाे ढुङ्गा लागेर चालक घाईते

बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागरे एक जना सवारी चालक घाईते भएका छन् ।

रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुक्चन गर्वुजा घाईते भएका छन् ।

बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ तिप्ल्याङ जादै गरेको ग १ ज ६८२० नम्वर बोलेरो जीपमा पहिरोबाट खसेको ढुङ्गा लागेको थियो । घाईतेलाई अन्य सवारीचालकले उद्वार गरी उपचारका लागि बेनी अस्पताल ल्याईएको थियो ।

गर्वुजाको बेनी अस्पतालमा उपचार भईरहेको छ। बर्षातपछि निरन्तर खसेको पहिरोले चारदिनदेखि बन्द भएको यो सडक बुधबार आंशिक रुपमा खुलेको थियो ।