FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा यातायात खुल्यो

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १७६ पटक पढिएको
बेनी–जोमसोम सडकमा यातायात खुल्यो

बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, २ बैंसरीमा खसेको पहिरोले चार दिनदेखी अवरुद्ध यातायात बुधवार दिउँसो १.३० बजेबाट सुचारु भएको छ ।
सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुङ्गामाटो तल सडकमा खस्ने र थुप्रो लाग्ने गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी मदन कुँवरका अनुसार प्रहरी, शसस्त्र, सेना र यातायाच मजदुरहरु जुटेर पहिरोबाट तल खस्न ठिक्क परेका ढुङ्गामाटोलाई तल खसाल्ने र पहिरोमा रहेको पानीलाई पाईपबाट तर्काएपछि स्काभेटरले सडकमा थुप्रिएको पहिरो पन्छ्याएर यातायात सुचारु गरिएका हो । यातायात खुलेसँगै चार दिनदेखी सडकमा अलपत्र परेका भारतिय पर्यटक समेत यात्रु आ–आफ्नो गन्तब्य तर्फ लागेका छन ।


त्यसैविच बेनी–जोमसाोम सडकको गलेश्वर–घाँसासम्मको ३८ किलोमिटर खण्डमा राती सवारी चलाउन रोक लगाएको छ । यो खण्डको अधिकांश क्षेत्रमा माथीबाट पहिरो खस्ने जोखिम रहेकोले यात्रुको सुरक्षाकालागी राती यातायात चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।