FLASH NEWS
  • Loading...

जुम्लाका एक ब्यक्तिले एक रातमै ७ घरमा अागाे लगाए

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १६३ पटक पढिएको
जुम्लाका एक ब्यक्तिले एक रातमै ७ घरमा अागाे लगाए

चन्दननाथ नगरपालिका १ र गुठिचौर गाउ‘पालिका ४ का सातवटा घरमा आगजनी गर्ने चन्दननाथ २ भण्डारीबाडाका

जुम्लाकाे चन्दननाथ नगरपालिका, २ भणडारीबाडाका रत्नप्रसाद अधिकारीले एकै रात सात जनाकाे  घरमा अागाे लगाइदिएका छन ।

अधिकारीले साउन ६ गते राती जुम्लाकाे चन्दननाथ नगरपालिका, १  र गुठिचौर गाउँपालिका, ४ मा गरी ७ वटा घरमा अागाे लगाउने अधिकारीलाइ जुम्ला प्रहरीले पक्राउगरी सार्वजनिक गरेकाे छ । प्रहरीसँगकाे प्रारम्भीक बयानमा अधिकारीले अार्थिक अभावले विछिप्त भएपछि अावेगमा सवै ७ वटै घरमा अागाे लगाएकाे बताएका छन ।

प्रहरी नायव उपरीक्षक डिएसपी प्रह्लाद कार्कीका अनुसार अधिकारीको पुख्र्याैली घर गुठिचौर ४ उखाडी रहेको छ । उनी घरज्वाइ बस्न चन्दननाथ २ भण्डारीबाडामा आएका थिए । साउन ६ गते एकैपटक गुठिचौर, का रतनबहादुर बुढा, वडा ४ का लालचन्द्र सार्की,कविदत्त न्यौपाने,धवलपुरका खडानन्द पाण्डे, प्रेमप्रसाद न्यौपाने,डाडाबाडाका कविदत्त न्यौपाने र चन्दननाथ नगरपालिका १ रानाका रतनबहादुर बुढाको घरमा आगजनी गरेका थिए ।

प्रहरीका अनुसार साउन ६ गते नै उनले गुठिचौर ५ को धितागाउ‘ नजिकै पार्किङ गरेर राखेको रारा तेन्जिन कन्ट्रक्सनको टयाक्टरमा समेत आगो वयान दिएका छन । डिएसपी कार्कीले भने,‘अनुसन्धानमा आगजनी गर्दा देखिएका घरहरुको अवस्था,भेटिएका मानिसहरु देखि प्रयोग गरिएको बाटो र आगजनी गर्दा बोकेका सामानहरुको बारेमा स्पष्ट वयान दिएका छन । ’

वयानका क्रममा अधिकारीले असार २६ गते गुठिचौर ४ बालुस्थित कृष्णबहादुर अधिकारीको पसलमा चोरी गर्न गएकोमा ताला फोड्न नसकेपछि पार्किङ गरिएको अटो रिक्सामा समेत आगजनी गरेको स्वीकारेका छन । अटो रिक्साका धनि कृष्णबहादुर अधिकारीले उनको नाममा जाहेरी दिएपनि प्रहरीले अपराधिक उपद्रव शिर्षकमा कसुर दर्ता गरि अनुसन्धान गरेको थियो ।

उनी नेपाली सेनामा कार्यरत भएर स्वास्थ्यका कारण उपदान लिइसकेका व्यक्ति हुन । चन्दननाथ १ राना स्थित साउने कामीको गुठिचौर ५ मा रहेको आटीमा असार २ गते उनकी श्रीमतिले लगाएको गरगहनालुट्ने योजना बनाएको र सो गोठमा कोही नभएको अवस्थामा गोठ नै जलाइ लिदएको बताए । साउन ६ गते राति चन्दननाथ १ डुडखोच स्थित रतनबहादुर बुढाको घरमा झरो र लाइटरको प्रयोग गरेर आगजनी गरेको र जंगलको बाटो प्रयोग गरेर गुठिचौरमा गएर सात घरमा आगो लगाएको वयान दिएको प्रहरीले जनाएको छ ।