FLASH NEWS
  • Loading...

म्याग्दीमा ९६ लाखबढी बेरुजु असुली

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • २२२ पटक पढिएको
म्याग्दीमा ९६ लाखबढी बेरुजु असुली

संघिय, प्रदेश तथा स्थानीय सरकारको बजेटबाट संञ्चालित विभिन्न कार्यक्रम संञ्चालन गर्दा लेखा परिक्षकले औलाएका लगती बेरुजु मध्य गत आर्थिक बर्षमा ९६ लाख ४८ हजार ५ सय ४८ रुपैयाँ बेरुजु असुली भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार म्याग्दीमा संघिय, फ्रदेश तथा स्थानीय सरकार मातहतका कार्यालयमा अघिल्ला वर्षहरुमा कार्यक्रम संञ्चालित कार्यत्रमहरुको लेखा परिक्षणहुँदा लेखा परिक्षकले लगती वेरुजु अर्न्तगत असुल उपर गर्नुपर्ने भनि ठहर्‍याएका बेरुजुमध्यबाट यो रकम असुली भएको हो ।
कोलेनिका म्याग्दी अनुसार असुल उपर भएको बेरुजु मध्य संघीय सरकार अर्न्तगत कार्यालयबाट ३८ लाख ७५ हजार ५ सय ७२ र प्रदेश सरकार मातहतका कार्यालयबाट ५७ लाख ७२ हजार ९ सय ७६ रुपैयाँ वेरुजु रकम असुल उपर भै राजश्व खातामा जम्मा भएको हो ।
‘हामीसंग कुन कार्यालय र कार्यक्रमको कति बेरुजु छ भन्ने थाहा हुँदैन । राजश्वमा कुन शिर्षकमा कति रकम जम्मा भयो भन्ने मात्र जानकारी हुने हो । शिर्षकगत राजश्व जम्मा हुँदा म्याग्दीमा गत आवमा ९६ लाख ४८ हजार ५ सय ४८ रुपैयाँ बेरुजु असुली भएको हो’ कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका लेखापाल सुमन सुवेदीले भने, ‘कुन कार्यालय तथा स्थानीय तहमा कति वेरुजु छ, कति असुली वा फर्स्यौट भयो भन्ने जानकारी यो अभिलेखले दिंदैन ।’
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आव ०७८/०७९ सम्मको लेखा परिक्षण विवरण अनुसार म्याग्दीका ६ वटा स्थानीय तहमा असुल गर्नु पर्ने, नियमित गर्नु पर्ने र पेश्कि समेत ४३ करोड ९० लाख ३६ हजार ३ सय ८८ रुपैयाँ बेरुजु छ ।
त्यसैविच गत आर्थिक बर्ष म्याग्दीबाट वेरुजु असुलीसमेत १३ करोड ४५ लाख ८३ हजार ७ सय २० रुपैयाँ राजश्व संकलन भएको छ । कोलेनिकाको तथ्याङ्क अनुसार संकलित राजश्वमध्य संघ तर्फ ९ करोड ८३ लाख ८३ हजार ५ सय ७९ रुपैयाँ र गण्डकी प्रदेश सरकार तर्फ ३ करोड ७१ लाख एक सय ४० रुपैयाँ राजश्व संकलन भएको हो ।
संघ तर्फ संकलित राजश्वमध्य सवै भन्दाबढी राहदानीबाट ४ करोड लाख २५ लाख ३७ हजार २ सय ५१ रुपैयाँ योगदान रहेको छ । त्यस्तै, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट ६३ लाख ७४ हजार ९ सय ५३ रुपैयाँ, न्यायिक जरिवानाबाट ३३ लाख १४ हजार २ सय ७७ रुपैयाँ, न्यायिक दस्तुरबाट २४ लाख ४७ हजार १ सय २३ रुपैयाँ, शिक्षा क्षेत्रबाट २५ लाख ५० हजार ७ सय ५० रुपैयाँ, मदिराबाट १९ लाख ७३ हजार ८ सय ७५ रुपैयाँ राजश्वमा योगदान गरेका छन ।
त्यस्तै, गण्डकी प्रदेश तर्फ संकलित राजश्वमध्य सवैभन्दाबढी वेरुजु बाहेक सवैभन्दाबढी प्रशासनीक दण्डजरिवाना र जफतबाट १ करोड ६२ लाख २६ हजार १ सय २६, ब्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १७ लाख ६१ हजार छ सय ५० रुपैयाँ, दहक्रबहत्तर वित्रिबाट ३५ लाख २४ हजार ११ रुपैयाँ राजश्वमा योगदान पुर्‍याएका छन ।