FLASH NEWS
  • Loading...

झापा कारागारमा झडप, प्रहरीद्वारा १० राउन्ड हवाई फायर

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १५७ पटक पढिएको
झापा कारागारमा झडप, प्रहरीद्वारा १० राउन्ड हवाई फायर

झापा कारागार भद्रपुरमा शुक्रबार दिउँसो झडप भएको छ । कैदी सरूवाको विषयमा कारागारभित्र झडप भएको हो ।

कैदी मनोज लावतीलाई झुम्का कारागार सरूवा गर्ने तयारी गरेपछि कैदीबन्दीबीच विवाद भएको थियो । लावतीलाई सरूवा गर्न नहुने भन्दै कैदीबन्दीले कारागारभित्र दिउँसो २ बजेदेखि नाराबाजी गर्दै ढुंगामुढा र आगजनी गरेका थिए । त्यस क्रममा केही कैदीबन्दी पर्खाल नाघेर भाग्ने प्रयास गरेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले १० राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

अहिले स्थिति साम्य भएको छ । कर्तव्य ज्यान मुद्दामा ७ वर्षदेखि कैद भुक्तान गरिरहेका लावतीलाई तत्काललाई कारागार सरूवा नगर्ने सहमति भएको प्रजिअ पोखरेलले जानकारी दिए ।