FLASH NEWS
  • Loading...

अपराधिक बिश्वासघात कसुरमा म्याग्दीका श्रीमान–श्रीमति पक्राउ

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ४१३ पटक पढिएको
अपराधिक बिश्वासघात कसुरमा म्याग्दीका श्रीमान–श्रीमति पक्राउ

अपराधिक बिश्वासघाटको कसुरमा यहाँका एक दम्पत्ति पक्राउ परेका छन । मालिका गाउँपालिका, ५ देविस्थान घर भै बेनी नगरपालिका, ७ महारानीथान बस्ने जीप चालक कमलेश परियार र उनी श्रीमति सिता लौडारी परियारलाई प्रहरीले अपराधिक बिश्वासघाटको कसुर पक्राउ गरेको हो ।
बेनी–जोमसोम सडक अर्न्तगत म्याग्दी सदरमुकाम बेनीदेखी १७ किलोमिटर उत्तर तर्फ महभीर–भीरकाटे खण्डबाट साउन १० गते ग २ च १०३१ नम्बरको मालबाहक बोलेरो जीप कालीगण्डकी नदीमा फालेर वेपत्ता भएका कमलेसलाई प्रहरीले साउन १४ गते काठमाण्डौको मित्रनगर स्थित ओम गेष्टहाउसबाट पक्राउ गरेको थियो । श्रीमति सितालाई भने साउन १५ गते विहान सदरमुकाम स्थित बेनी नगरपालिका, ७ महारानीथानचोकमा रहेको डेराबाट २ लाखबढी नगद सहित पक्राउ गरेको हो ।
सदरमुकाम बेनी स्थित सुमन किकराना स्टोर्सबाट खाद्यान्न लिएर अन्नपूर्ण गाउँपालिका, ३ दाना र सोही पालिका, ४ नारच्याङ क्षेत्रमा खाद्यान्न वेचेर करिव १४ लाख नगद रुपैयाँ उठाएका चालक परियारले साउन १० गते जीप कालीगण्डकीमा फालेर आफु रातातार भागेका थिए । श्रीमान कमलेशलाई मालबाहक जीप कालीगण्डकीमा फाल्न लगाई रकम सहित भाग्न मिलेभगत गरेको आरोपमा श्रीमति सितालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।


‘साउन १० गतेदेखी वेपत्ता भएका जीप चालक कमलेश परियार र निजकी श्रीमति सिता परियारलाई फरक फरक स्थानबाट पक्राउ गरी अपराधिक बिश्वासघाटको कसुरको अभियोगमा जिल्ला अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘बेनी स्थित सुमन किराना स्टोर्सबाट बजारप्रतिनिधीको समेत भुमिकामा खाद्यान्न समेत मालसामन लिएर गएका जीप चालक परियारले ब्यापारिक विश्वासघात गरी जीपलाई कालीगण्डकी नदीमा फालेर, सामान बेचेर उठेका रकम लिएर फरार भएका थिए’ प्रनाथ कुँवरले थपे, ‘श्रीमान–श्रीमति विच योजना बनाई अपराधिक विश्वासघात गरेको खुलेको हो ।’
यसरी भएको थियो, अपराधिक बिश्वासघातको घट्ना ः
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको लिखित विवरण अनुसार साउन ८ गते सदरमुकाम बेनीबाट ग २ च १०३१ नम्बरको मालबाहक बोलेरो जीपमा खाद्यान्न समेत मालसामाग्री लिएर चालक परियार अन्नपूर्ण गाउँपालिका, २, ३ र ४ वडामा पर्ने विभिन्न वस्तीमा गएका थिए । ७–१० गतेसम्म चालक परियारले सो क्षेत्रमा सामान बेचे र नयाँ–पुरानो हिसाव उठाए । करिव १४ लाख नगदसहित सामान बेचेर सदरमुकाम फर्कने क्रममा परियारले अन्नपूर्ण गापा, २ भुरुङतातोपानीको एक पसलबाट नयाँ मोवाईल सीम झिके । साँझ वरपर वस्ती नभएको जंगल र एकान्त रहेका भीरकाटे खण्डमा पुगे र जीपको अगाडीको सिसा र लुकिङग्लास झिके, आफुले लगाएको टिसर्ट र सामान बेच्न जाँदा प्रयोग गर्ने वीलसमेतका कागजात पनि खोला किनारमा फाले । अनि सडकमा आएर जीपलाई न्यूटलमा राखेर कालीगण्डकीको उर्लदो भेलमा धकेली दिए ।
प्रहरीका अनुसार जीप नदीमा खसालेपछि चालक परियार बेनी–जोमसोम सडकहुँदै पैदल आएर बेनी नजिक एउटा गोठमा बास बसे । ११ गते विहानै परियार जीप चढेर पर्वत सदरमुकाम कुस्मा पुगे । ११ गते सदरमुकाम बेनीमा रहेकी श्रीमति सितालाई कुस्मामै बोलाए र सो रात परियार दम्पत्ति कुस्माको एक होटलमा बास बसे । १२ गते श्रीमान कमलेश कुस्माबाट कास्कीको घान्द्रुक तर्फ लागे । श्रीमति सिता परियार म्याग्दी फर्केर ‘आफ्ना श्रीमान कमलेश सुमन किनारा स्टोर्सको सामान लिएर गएको र जीपसहित कालीगण्डकी नदीमा वेपत्ता भएकोले श्रीमानको सास कि लाश खोजी गरिदिन निवेदन दिईन । कमलेश भने कास्कीको नयाँपुलबाट ४ हजारमा घोडामा घान्द्रुकहुँदै टाडापानी, घान्द्रुक देउराली पुगेर बास बसेका थिए । १३ गते परियार फेरी उल्लेरीहुँदै विरेठाँटी ओर्लेर पोखरा पुगी आफन्तको घरमा बसेका थिए । १४ गते उनी पोखराबाट बसमा काठमाण्डौ पुगेर होटलमा बसेका थिए ।
घट्नास्थलको अध्ययनपछि जीप दुर्घटना नभै नियोजित घट्ना भएको निस्कर्षमा पुगेको प्रहरीले तोतोपानीबाट चालक परियारकी श्रीमतिको मोवाईल निगरानीमा राखेको थियो । साउन १४ गते दिउँसो अन्दाजी ४ बजेतिर काठमाण्डौको एक होटलको भिजिटिङ कार्डसहित नजिकैको पसलबाट परियारले प्रहरीको नियन्त्रणमा रहेको श्रीमतिको मोवाईल फोनमा कल गरेका थिए । सोही कलको आधाारमा कलब्याक गर्दा पसलेले फोन गर्ने ब्यक्तिको हुलिया र होटनको नाम बताएपछि काठमाण्डौ प्रहरीले पिछा गर्दै मित्रनगरको होटलबाट परियार पक्राउ परेका थिए ।
साउन १२ गते श्रीमानसंग कुस्मामा संगै रात विताएर फर्केकी कमलेश परियारकी श्रीमति सिताले प्रहरी कार्यालयमा पुगेर ‘श्रीमानको सास कि लाश’ खोज्न निवेदन मात्र दिईनन, आफन्तहरु बोवाइ प्रहरी कार्यालयमा दवाव दिन लगाईन । श्रीमानको मृत्यु भयो भन्दै राईकराई गर्ने, विलौना गर्ने समेतको अभिनय गरेकी थिईन । कमलेश काठमाण्डौमा पक्राउ परे लगत्तै प्रहरीले सितालाई सोधपुछकालागी लग्यो । सिता प्रहरीले नियन्त्रणमा लिएपछि ‘जीपधनीसंग मिलेर गरिव चालकका परिवारलाई उल्टै दुख दिएको भन्दै आफन्तहरु प्रहरी कार्यालयमा पुगेका थिए । जव प्रहरीले कमलेशलाई सकुसल आफन्तहरुलाई देखायो तव वल्न आफन्तहरुले नाटकीय अपराधिक विश्वासघातको घट्ना जानकारी पाएका थिए ।
‘आरोपित पक्ष पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं । पीडित पक्षले धेरै रकम उठाएको भनेका छन, आरोपीतसंग थोरै रकम बरामद भएको छ । अध्ययनकै क्रममा रहेकोले थप केही भन्न सकिएन । श्रीमान–श्रीमतीविच अपराधिक विश्वासघात गर्ने पूर्व योजना भएको देखिन्छ । चालक परियार राहदानी सहित काठमाण्डौ पुगेकोले लुकीछिपी विदेश पुग्ने योजना हो कि भन्ने देखिन्छ ।’ प्रनउ कुँवरले सुनाए ।