FLASH NEWS
  • Loading...

ब्यवस्थित बन्दै बेनीकाे कालीपुल वसपार्क, सवै टिकट काउण्टर अव एउटै छानामुनी

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १४३९ पटक पढिएको
ब्यवस्थित बन्दै बेनीकाे कालीपुल वसपार्क, सवै टिकट काउण्टर अव एउटै छानामुनी

सडक किनारामा राखिएका टिकट काउण्टर र सडककै विच–विचमा गाडी पार्किङहुँदा अब्यवस्थित कालीपुल वसपार्कलाई ब्यवस्थित गरिएको छ ।
सवारी साधन राख्ने ठाउँ, संञ्चालन तथा ब्यवस्थापन गरी सार्वजनिक सडकमा यात्रु आवतजावत सुरक्षित र भरपर्दो बनाउन नयाँ ब्यवस्थापन सुरु गरेको कालीपुल बसपार्कको वुधवार बेनी नगरप्रमुख सुरत केसीले एक समारोह विच उदघाटन गरे ।
सदरमुकाम समेत रहेको बेनी नगरपालिका, ८ कालीपुलमा टिकट काउण्डर, शौचालय, यात्रु प्रतिक्षालय सहितको नयाँ टर्मिनल भवन, पार्किङस्थल तथा यात्रु सुरक्षाकालागी सिसिटिभी क्यामेरा जडानगरी ‘कालीपुल बसपार्क’लाई ब्यवस्थित गरी संञ्चालनमा ल्याईएको हो ।


काठमाण्डौ, पोखरा, नारायणघाट, वुटवल/भैरहवा, हेटौंडा, काँकडभिट्टा लगाएत देशभरबाट गाडी भित्रने र जिल्लाको ग्रामिण सडक तथा हिमालपारीको मुस्ताङ जाने गाडीहरु कालीपुलबाट छुट्ने गर्छन । बसपार्क ब्यवस्थित नहुँदा सडकमा यात्रतत्र सवारी पार्किङ गर्ने, सडकमै टिकट काट्ने गरिँदा यात्रु ठगिने र असुरक्षित थिए । सघन सहरी आवास तथा भवन डिभिजन कार्यालय बाग्लुङले २ करोड ८५ लाख ४५ हजार लागतमा २ सय ९० बर्गमिटर क्षेत्रफलमा टिकट काउण्टर, शौचालय, यात्रु प्रतिक्षालय सहितको अपाङ्गमैत्री टर्मिनल भवन तथा दायाँ र बाँया ढलानगरी सवारी साधन पार्किङ स्थल निर्माण गरेपछि कालीपुल बसपार्क ब्यवस्थित गर्न थालिएको हो ।
‘आजदेखी कालीपुल बसपार्कलाई शसुल्क रुपमा ब्यवस्थित रुपमा चलाउन थालेका छौं । अव सडकभरी टंङ्की राखेर टिकट बेच्न बन्द गरी टर्मिनलबाटै यात्रु टिकट वितरण हुने छ । सडकमा मनपरी सवारी पार्किङ गर्न पनि रोकेका छौं । तोकिएका सवारी साधन तोकिएकै पाकिङ क्षेत्रमा पार्क गर्नु पर्नेछ’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘बसपार्क क्षेत्रमा अब्यवस्थित रुपमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्यटन सूचना केन्द्र र पेट्रोल पम्पलाई हटाउनै पर्ने छ, प्रकृया सुरु भएको छ । त्यसो भएमा वसपार्क थप ब्यवस्थित बन्ने छ ।’
बसपार्क ब्यवस्थापन गर्न बेनी नगरपालिकाले वडा नंम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा बसपार्क ब्यवस्थापन समिति गठन गरेको छ । समितिले बसपार्कमा दिउँसो सवारी पार्किङ गरेको प्रति साना सवारी २५ र ठूला सवारीले ५० रुपैयाँ ‘सरसफाई शुल्क’ र राती पार्किङ गर्ने प्रति साना सवारीले १ सय र ठूला सवारीले २ सय ‘पाकिङ्ग शुल्क’ तिर्नु पर्ने भएको छ ।
त्यस्तै, बाहिर जिल्लाबाट भित्रने र छोड्ने रुटका सवारी साधनहरुले टर्मिनल भवनको तोकिएको कोठाबाहेक बाहिर कतै टिकट काउण्टर पनि राख्न पाईने छैन । मुस्ताङ जाने र जिल्लाभित्र चल्ने गाडीहरुले भने अहिले रहेको ट्राफिक कार्यालयबाट उत्तरपट्टी तोकिएको क्षेत्रमा टिकट काउण्टर र सवारी पार्किङ गर्ने पर्ने भएको छ । निजी नम्बर प्लेटका गाडीहरु पनि ट्राफिक प्रहरी कार्यालय अगाडी निजी भवनको अगाडीको क्षेत्रमा पाकिङ तोकिएको छ ।
‘कालीपुल वस पार्कलाई जिल्ला बाहिर छुट्ने र जिल्लाभित्र (मुस्ताङ जानेसमेत) चल्नेगरी दुई खण्डमा बाँडेका छौं । जिल्ला बाहिर छुट्ने सवारीहरुको टिकट, पाकिङ सवै ट्राफिक कार्यालयको दक्षिणखण्ड र मुस्ताङसमेत आन्तरिक रुटमा चल्ने गाडीको उत्तरी खण्डमा टिकट, पाकिङ क्षेत्र छुट्याएका छौं । ठूला र साना सवारी तथा निजी नम्बर प्लेटका सवारीहरु पनि फरक–फरक क्षेत्रमा पाकिङ ब्यवस्था मिलाइएकोले यात्रुलाई सहज हुने छ’ कालीपुल वसपार्क ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष उत्तरमकर्माचार्यले भने, ‘बसपार्कबाट उठ्ने शुल्कबाट नगरपालिका, बसपार्क ब्यवस्थापन समिति र स्थानिय एक विद्यालयमा जानेगरी मोडालिटी बनाएका छौं । कार्यापालिकाबाट टुङ्गो लाग्न बाँकी छ ।’