FLASH NEWS
  • Loading...

श्वास्थ्यचौकी र वृद्धाअश्रमको खानेपानीमा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटियो

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • २५६ पटक पढिएको
श्वास्थ्यचौकी र वृद्धाअश्रमको खानेपानीमा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटियो

म्याग्दीका विभिन्न ३३ वटा याेजनाका खानेपानीमा झाडापखला, अाउँ पर्ने तथा पेट काट्ने समेतका राेग लगाउने दिसामा हुने किटाणु कोलीफर्म (इ–कोली) भेटिएको जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले अाइतवार सार्वजनिक अाव ०७९/०८० काे बार्षिक कार्यक्रमकाे समिक्षा कार्यक्रममा प्रस्तुत गरिएकाे एक रिपाेर्ट अनुसार बेनी नगरपालिका, ९ मा पर्ने गलेश्वरधामस्थित गलेश्वर जेष्ठनागरिक आश्रम तथा जोडिएको जडभरत संस्कृति माध्यामिक विद्यालय, ९ घतान स्वास्थ्यचौकी र १० नम्बर वडा रहेको पात्लेखेत स्वास्थ्यचौकीकाे खानेपानी एवं बेनी नगरपालिका समेत सवै ६ पालिकाका एक सय १ सय ११ वटा खानेपानीको नमुना संकलन गरी ल्याव परिक्षण गर्दा ३३ वटामा कोलीफर्म (इ–कोली) फेला परेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय स्वास्थ्यचौकीमा झाडापखला तथा पेट सम्बन्धी समस्या लिएर उपचार गर्न आउने विरामीको संख्याको आधारमा ति विरामीले पिउने पानीको नमुना लिएर ल्याव परिक्षण गर्दा कोलीफर्म (इ–कोली) भेटिएको जनाएको छ ।


स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार बेनी नगरपालिकाका ४७ वटा खानेपानीको नमुना परिक्षण गर्दा १४ वटा नमुनामा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटिएको थियो । त्यस्तै,रघुगंगा गाउँपालिकामा २२ वटा खानेपानीको नमुना परिक्षण गर्दा ७ वटामा, मंगला गापाको ७ वटा नमुना परिक्षण गर्दा ४ वटामा, मालिका र धवलागिरीका ८–८ वटा खानेपानीका नमुना परिक्षण गर्दा ४–४ वटामा कोलीफर्म फेला परेपछि सम्बन्धीत स्थानिय तह र सम्बन्धीत स्वास्थ्यचौकी मार्फत खानेपानी उपभोक्तालाई ति खानेपानीको धाराको पानी पिउन अयोग्य रहेको भनी जानकारी गराइएको छ । अन्नपूर्ण गाउँपालिकाका १९ वटा खानेपानीका नमुना परिक्षण गर्दा कुनैमा पनि कालीफर्म फेला नपरेको पनि स्वास्थय कार्यालयले जनाएको छ ।
‘कार्यालयसँग यो वर्ष झाडापखला र पेटका धेरै विरामी आईरहने वस्तीमा खानेपानीको नमुना संकलन गरी पानी परिक्षण गर्ने बजेट थियो । त्यसैले जिल्लाका विभिन्न पालिकाको १ सय ११ वटा खानेपानीको नमुना संकलन गर्दा दुई वटा स्वास्थ्यचौकीसमेत ३३ वटा नमुनामा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटियो’ स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले भने, ‘नयाँ आर्थिक बर्षमा थप खानेपानीका नमुना परिक्षण गर्ने र यस्ता पिउन अयोग्य खानेपानीको मुहान र धारामा क्लोरिन गर्ने कार्यक्रम राखेका छौं । सोही अनुसार बजेट पनि आएको छ ।’