FLASH NEWS
  • Loading...

म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १५५ पटक पढिएको
म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहहरुमा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चिता भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

जिल्ला खोप समन्वय समितिले विहिवार बेनीमा आयोजना गरेको समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्मा लगायतले पूर्णखोप सुनिश्चिता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।

जिल्लामा सबै घरधुरी सर्वेक्षण गरेर १५ महिना मुनीका १ हजार ७१२ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाइरहेको र १६ महिनादेखि ५ बर्ष मुनिका कुल ४ हजार ४२१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चिता भएपछि म्याग्दी पूर्ण खोपको दिगोपना कायम राख्न सफल भएको जिल्ला खोप समन्वय समितिका सचिब समेत रहेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

तत्कालिन सबै गाविसहरु पूर्ण खोप सुनिश्चिता भएपछि २०७१ चैत १५ गते म्याग्दीलाई मुलुककै छैठौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको थियो ।