FLASH NEWS
  • Loading...

राखुकाे दुलेपानीमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

  • पुनहिल डट कम
  • १० महिना अघि
  • ३१० पटक पढिएको
राखुकाे दुलेपानीमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ।

कालोपत्रे गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर सोही वडास्थित मालिकाका २३ बर्षिय युवा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक किरण लामाले जानकारी दिनुभयो ।

रघुगंगाको वडानम्वर २ राखु भगवतीबाट वडानम्वर ३ पिप्ले स्थित संचालित रघुगंगा हाइड्रोपावरको सामानहरु लिएर आउदै गरेको ग १ च ७२८१ नम्वरको ट्याक्टर सडकमा अनियन्त्रित भएर दुघंटना भएको थियो ।

दुर्घटना हुनुको कारणबारे अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।