FLASH NEWS
  • Loading...

यस वर्ष मनसुनमा सरदर भन्दा ३५%-५५% कम वर्षा हुने सम्भावना

  • पुनहिल डट कम
  • १० महिना अघि
  • १८९ पटक पढिएको
यस वर्ष मनसुनमा सरदर भन्दा ३५%-५५% कम वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागकाे जलवायु सेक्सनले यस मनसुन सिजन(२०८० जेठ १८ देखि असोज १३)को जलवायुको अध्यावधिक आँकलन जारी गरेको छ। आँकलन प्रतिवेदनको केहि अंश यस प्रकार रहेको छ। यस वर्ष असार पहिलाे साताकाे अन्तिमबाट मनसुन नेपाल प्रवेश गर्ने पनी अांकलन छ ।
विभागले जारी गरेकाे जलवायुकाे अनुमाान अनुसार यस मनसुन सिजनमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५% देखि ५५% रहेको छ। अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५% देखि ६५% रहेको छ।
यस वर्षको जेठ असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। यद्यपी सरदर भन्दा कम वर्षा हुने सम्भावना स्थान विशेष फरक रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू-भागमा कम पानी पर्ने छ । कोशी प्रदेशका दक्षिण-पूर्वी भू-भागमा पनि सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५% देखि ५५% रहेको छ।
त्यसैगरी न्यूनतम तापक्रम धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५% देखि ४५% रहेकाे छ । सुदुरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य-पश्चिमी भू-भाग, गण्डकी प्रदेशका मध्य भू-भाग, लुम्बिनी प्रदेशका मध्य-दक्षिणी भू-भाग, बागमती प्रदेशका मध्य-पूर्वी भू-भाग र मधेश प्रदेशका पश्चिमी तथा मध्य भू-भागमा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५% देखि ४५% रहेने अनुमाान छ ।