FLASH NEWS
  • Loading...

१११.७ मेगावाटका निलगिरी १ र २ अन्तिम चरणमा

  • पुनहिल डट कम
  • १० महिना अघि
  • ४६९ पटक पढिएको
१११.७ मेगावाटका निलगिरी १ र २ अन्तिम चरणमा

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित मिस्त्रीखोलामा एकसाथ निर्माणाधिन ४०.७ मेगावाटको निलगिरि–१ र ७१ मेगावाट गरी १ सय ११ दशमलव ७ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेका छन ।
आयोजनाका आवसीय इन्जिनियर रत्न बमजनका अनुसार दुवै प्रोजेक्टको बाँध, सुरुङ खन्ने र विद्युतगृह निर्माण ८० प्रतिशत सकिएको छ । निलगिरी–१ को २ हजार मिटर र निलगिरी–२ को ४ हजार २ सय मिटर लामो सुरुङमा ढलानको काम भैरहेको छ । भुमिगत पेनस्टक टनेलको काम सकिएर पहिलोको आठसय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम भैरहेको आयोजनाले जनाएको छ ।
त्यस्तै दुवै आयोजनाका इलोक्ट्रो मेकानिकल तर्फका टवाईनहरु राख्ने समेतका काम थालिएको छ । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । उत्पादित बिजुली २२० केभीए क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्न छोटेपा–दोबिल्ला हुँदै दाना सवस्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइनका २४ मध्य २३ वटा टावर तथा लाईन तान्नेकाम सकिएको छ ।
निजी क्षेत्रको लगानीबाट निर्माण भैरहेको जिल्लाको ठूलो आयोजना निलगिरी जलविधुत आयोजनाले निलगिरी–१ बाट निक्लने पानीलाई सोझै निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । निलगिरी क्यासकेडको छोटेमामा बाँध र तल दोविल्लामा विद्युतगृह रहने छन । आयोजनाले निलगिरी क्यास्केडको विधुत गृहदेखी निलगिरी–१ को बाँधस्थलसम्म १४ किलोमिटर पहुँच मार्ग बनाएको छ ।
‘मिस्त्रीखोलामा निलगिरी १ र २ गरी दुई वटा विधुत प्रोजेक्टमा एकसाथ काम भैरहेको छ । आायोजनाको ड्याम, टनेल, पावरहाउस र ट्रान्समिसन लाईन समेतका काम एकसाथ अघि बढेका छन । कुनैमा ९० प्रतिशतमाथी काम सकिएको छ, कुनै केही तल छ । औसतमा दुवै आयोजना ८० प्रतिशत काम सकिएको अवस्था छ’ निलगिरी जलविधुत आयोजना–१ को हेडवर्क्स तर्फ कार्यरत आवसीय इन्जिनियर रत्न बमजनले भने, ‘अहिलेकै गतिमा काम भए आगामी हिउँदमा आयोजनाबाट विधुत उत्पादन सुरु हुन सक्छ ।’