FLASH NEWS
  • Loading...

अन्नपूर्ण हिमताल ः खुम्चिँदै हिमनदी, फैलँदै हिमताल

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • २२८ पटक पढिएको
अन्नपूर्ण हिमताल ः खुम्चिँदै हिमनदी, फैलँदै हिमताल

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ हुँदै कालीगण्डकी नदीमा मिसिन आउने मिस्त्रीखोलाको उद्गमस्थल हो, अन्नपूर्ण हिमताल । अन्नपूर्ण प्रथम (८०९१ मी) हिमालबाट झर्ने हिमनदीबाट आएको हिउँ पग्लिएर बनेको हिमताल बर्सेनी फैलिँदै छ । र हिमनदी भने पछि सर्दै छ ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर पुग्दा पर हिमालमुनीसम्म फैलिएको आर्कषक र सुन्दर निलो ताल देख्दा पर्यटक फुरुङ्ग वन्छन । आधार शिविरको मुख्य आर्कषण रहेको हिमताल र आफुलाई जोडेर तस्वीर खिच्छन । यात्राको थकान त्यसै मेटिन्छ । तर त्यही सुन्दर हिमताल देख्दा जलवायु परिवर्तन र त्यसको प्रभाव वारे चासो राख्नेलाई भने यो सुन्दर हिमतालले मुटु नै चिसो बनाउने गरेको छ ।

क्याप्सन १,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको उत्तरी वेसक्याम्प (४१९० मी.) मा रहेको अन्नपूर्ण हिमताल/पञ्चकुण्ड हिमताल । अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोगको सुझाव अनुसार पदमार्ग पहिचान र रेखाङकन गर्न सन २०१० मे १३ मा सवैभन्दा जनिकको नारच्याङगाउवासी अन्नपूर्ण नर्थ वेस क्याम्प पुगेका थिए । स्थानीयले पहिलो पटक देखेका यो हिमतालाई पञ्चकुण्ड हिमताल नामाकरण गरी तस्वीर (फोटो १) सोही वेला स्थानीय तेज गुरुङले खिचेका हुन ।

क्याप्सन २ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मन्त्रालय, एक्याप तथा अन्य सरोकारवालासँग सहकार्यगरी परम्परागत पदमार्ग मर्मत, सुधार र नक्साङकनगरी अन्नपूर्ण हिमालको प्रथम आरोही मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ प्रर्वद्धन सुरु गरेपछि सन २०१९ मे ३० तारेखका दिन पर्यटनकर्मी अमर बानियाँले खिचेको पञ्चकुण्ड (अन्नपूर्ण) हिमताल ।

क्याप्सन ३ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको प्रथम आरोही मौरिस हर्जोग सम्मानमा प्रर्वद्धन गरिएको पदमार्ग पछयाउँदै हिमालको उत्तरी वेस क्याम्प पुग्दा सन २०२३ मे २० तारेखमा पञ्चकुण्ड (अन्नपूर्ण) हिमतालको तस्वीर खिचिएको हो । तस्वीर ः घनश्याम खडका ।

बढ्दो तापक्रमले बर्षेनी हिमतालको आकार फैलदै गैरहेको पाईएकोले के यो हिमताल सँधै यस्तै सुन्दर रहला ? हिमनदी र हिमतालको विचमा रहेको प्रोग्लेसियर (हिउँ र माटो मुछिएको हिमशिला) पुरै पग्ले पछि यस्को भविश्य के होला ? वा कुनै ठूलो हिमपहिरो तालमा बज्रेपछि तालबाट निक्लेको मिस्त्रीखोला र तटिय वस्तीमा कस्तो प्रभाव पर्ला ?
हिमनदी पग्लेर हिमतालको स्वरुप लिन्छ । हिमनदीमुनी, माथी वा अग्रभागको खोंचमा हिमनदी बन्न सक्छन । र अन्नपूर्ण हिमनदी तिब्र रुपमा पग्लदै पछि सर्दै छ । हिमताल वर्षेनी झन झन ठूलो बन्दै गएको छ । जलवायु परिवर्तन र वढ्दो तापक्रमले गर्दा यहाँको हिमतालले क्षेत्रफल फैलाउँदै लगेको छ ।
सन् २०१० मे १३ तारेखमा अन्नपूर्ण हिमालको सवैभन्दा नजिकको बस्ती नारच्याङबाट तेज गुरुङको नेतृत्वमा स्थानीयको टोली पहिलो पटक उत्तरी आधार शिविर पुग्दा ५ वटा छुट्टाछुट्टै हिमपोखरी देखे । अन्नपूर्ण फेदीमा हिमताल भएको थाहा पाएका स्थानीयले त्यहीबेला ‘पञ्चकुण्ड हिमताल’ नामाकरण गरेका हुन । तर वेभसाईटहरुमा भने अरु कसैले त्यस हिमतालको नाम ‘डिकिचो’ हिमताल भनी नामाकरण गरिदिएको भेटिन्छ । सन २०१० मा अन्य गाउँलेसंग अन्नपूर्ण नर्थ वेस क्याम्प पुगेका स्थानीय तेज गुरुङ सन २०१६ मा दोस्रो पटक पुगे । ६ वर्ष अन्तरालमा त्यहाँ पुगेका गुरुङले हिमतालको आकार र स्वरुप फेरिएको पाएका थिए ।
‘हामी २० जना गाउँलेहरु मिस्त्रीखोलाको किनारै किनार पदमार्ग बनाउँदै पहिलो पटक २०७३ जेठ अन्तिम साता अन्नपूर्णको नर्थ वेस क्याम्प पुगेका थियौं । पहिलो पटक म पुग्दा एउटा अलि ठूलो सहित ५ वटा हिमकुण्डहरु थिए । त्यसयता म यो वेस क्याम्प ६ पटकबढी आएँ । यो विचमा ५ वटा हिमकुण्ड फुटेर एउटै ताल बनेको छ’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अर्न्तगतको संरक्षण उपसमिति नारच्याङका अध्यक्ष तथा मौरिस हर्जोग पदमार्गका खोजकर्ता तेजबहादुर गुरुङले भने, ‘जलवायु परिवर्तन र तापक्रम बृद्धीले अन्य हिमालमा जस्तै अन्नपूर्ण प्रथमको उत्तरी आधारशिविर क्षेत्रको वातावरण पनि संकटउन्मुख छ । हिमतालका विच–विचका आईसल्याण्डहरु विलेर हराएको देखिरहेको छु । हेर्दा निलो र ठूलो हिमताल देख्दा जति आर्कषक छ, यो आर्कषक रुपले हाम्रो भविश्य नै संकटासन्न त पार्दैन भन्ने पिरलो लाग्छ ।’

फाेटाे २,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको उत्तरी वेसक्याम्प (४१९० मी.) मा रहेको अन्नपूर्ण हिमताल/पञ्चकुण्ड हिमताल । अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोगको सुझाव अनुसार पदमार्ग पहिचान र रेखाङकन गर्न सन २०१० मा सवैभन्दा जनिकको नारच्याङगाउवासी अन्नपूर्ण नर्थ वेस क्याम्प पुगेका थिए । स्थानीयले पहिलो पटक देखेका यो हिमतालाई पञ्चकुण्ड हिमताल नामाकरण गरी तस्वीर (फोटो १) सोही वेला स्थानीय तेज गुरुङले खिचेका हुन ।

क्याप्सन ३ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको प्रथम आरोही मौरिस हर्जोग सम्मानमा प्रर्वद्धन गरिएको पदमार्ग पछयाउँदै हिमालको उत्तरी वेस क्याम्प पुग्दा सन २०२३ मे २० तारेखमा पञ्चकुण्ड (अन्नपूर्ण) हिमतालको तस्वीर खिचिएको हो । तस्वीर ः घनश्याम खडका।

सन् १९५० मे–जुन महिनामा अन्नपूर्णको उत्तरी आधार शिविरमा मानव पाईला पुगेको हो । तिन ताका त्यहाँ यो हिमताल थिएन । उत्तरी अमेरिकाको निकोलस कलेजका वतावरण विज्ञानका प्रोफेसर मौउरी पेल्टो (ःबगचष् एभतिय)ले एडभाईजिङ अर्थ एण्ड स्पेस साईन्स जर्नलमा लेखेको ‘नर्थ अन्नपूर्ण ग्लेसियर रिच्योल एण्ड लेक डेभलपमेन्ट’ लेखमा उल्लेख गरे अनुसार सन् १९८८ सम्म यहाँ हिमताल थिएन । तिनताक अहिले हिमताल भएको करिव १.५ किलोमिटर क्षेत्रफलमा सक्रिय हिमनदी थियो । पेल्टोले भुउपग्रहबाट लिएका ल्याडस्याट र सेन्टीनेल तस्वीरमा सन् १९९१ पछि हिमताल वन्न थालेको र सन् २०१८ देखीहिम नदी र ग्लेसियर तिब्र पग्लने र ताल फैलनेक्रम बढेको उल्लेख गरेका छन ।

‘म पर्यटक पथप्रर्दशक भै २०७६ जेठ दोस्रो साता अन्नपूर्णको नर्थ वेस क्याम्प पुग्दा अहिलेको हिमतालको आकार अलि सानो थियो । तालको अगाडी ग्लेसियरको भाग धेरै थियो । हिमनदी अलि तलसम्म लत्रेको देखेको थिएँ’ हिमालय संरक्षण संस्था (आइएचसी)मा कार्यरत रहँदा यही क्षेत्रको वातावरण संरक्षण काम गरेका, पर्यटनकर्मी चित्रबहादुर तिलिजाले भने, ‘सूर्यलाई हत्केलाले छेक्न सकिन्न भने जस्तै रहेछ, हाम्रो हिमाल जोगाउने चर्चा । जति पटक म यस अन्पूर्ण नर्थ वेस क्याम्प पुग्छु । हिमतालको आकार बढेको, माथी भएका आईसका ठूला ठूला थुम्का र ढिस्काहरु पग्लेर हराउँदै गएको देख्छु । यही रफ्तारमा तापक्रम बढ्ने र हिउँ पग्लने क्रम जारी रहने हो भने यी हिमाल पनि एक दिन सकिन्छन, खाली नाङ्गा डाँडा मात्र रहन्छन कि भन्ने लाग्छ ।’

   
नेपालमा ३ हजार उचाई माथी करिव १५ सय ५० बटा हिमताल छन । तिनीहरु धेरैजसो मोराइन ड्याम ताल हुन । हिमालमा हिमताल बन्ने र सुक्ने प्रक्रिया नियमित हो । तर केही दशक यता हिमतालको आकार फैलिने र हिमनदीको लम्बाई खुम्चिनेक्रम तिब्र भएकोले चिन्ता र चासो बढाएको हो ।
हिमनदीको हिउँ तथा वरफ पग्लिएर बगेको पानी सतहमा जम्मा हुँदै साना पोखरी बन्छन । पोखरी बढ्दै ठूला ताल बन्न गर्छन । सामान्यतया हिमताल तीन किसिमका हुन्छन । हिमनदीको सतहमा बन्ने सुप्रा हिमताल । हिमनदीको छेउमा बन्ने प्रो ग्लेसियर हिमताल र प्रो ग्लेसियर ताल जोडिएर अनकनेक्टेड हिमताल बन्छन ।
हिमालको हिउँ र हिउँका ढिस्काहरु पग्लेर बन्ने हिमतालको आधार फैलदै जाँदा तालको अन्तिम भागको पानी बग्ने ठाउँ फुटेर बाढीको जोखिम रहन्छ । अहिले स्थानीयले तलबाट ग्याभिन जाली पुर्‍याएर तालको पानी निक्लने मुखमा बाँध हाल्ने प्रयास गरेका छन । तर तालको पानी ओभर फ्लो भै बाँधको छेउबाट जमिन भत्काएर निक्लेको देखिन्छ । अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल वा डिकिचो ताल) पनि फुट्ने खतरा छ । हिउँ र हिउँका ढिस्काहरु पग्लेर तालको आकार ठूलो हुने र छेउका अन्नपूर्ण प्रथम वा तिलिचो पीकबाट ठूलो हिमपहिरो खसेर तालमा बजारियो भने पानी छचल्किएर एक्कासी बाहिर निक्लदा बाढी आउन सक्ने र मिस्त्रीखोला तथा तल कालीगण्डकी तटिय वस्तीसम्मै बाढीको जोखिम रहन सक्छ ।


अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को पछल्लिो अध्ययन (२०२०) अनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्र (तिब्बतदेखी भारतसम्म) मा ३ हजार ६ सय २४ वटा हिमताल छन । नेपालमा २ हजार ७० वटा हिमताल पर्छन । इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार ०.०२ स्क्वायर किलोमिटर वा सो भन्दा माथीका आकारका हिमताल फुट्ने वा छचल्किएर अप्रत्याशित बाढी आउने संभावना रहन्छ ।