FLASH NEWS
  • Loading...

लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ५४२ पटक पढिएको
लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान

 

विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ ।

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो ।
बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा.लि.ले बेनी बजार, गलेश्वर लगायतका शहरी क्षेत्रको फोहोर संकलन गर्दै ठूलो पहिरोमा रहेको व्यवस्थापन केन्द्र मार्फत प्रशोधन गरि व्यवस्थापन गरिँदै आइएको छ ।
विद्याययले वातावरण संरक्षणमा सरसफाईकर्मीहरुको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी समेतले  सरसफाइकर्मीहरुलाई सम्मानपत्र, दोसल्ला र अविर लगाएर सम्मान गरेका थिए ।