FLASH NEWS
  • Loading...

बाढीले बगाएर महिलाको मृत्यु, अर्की घाइते

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ७७५ पटक पढिएको
बाढीले बगाएर महिलाको मृत्यु, अर्की घाइते

रघुगंगा गाउँपालिका, ६ पाखापानीको मा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो अन्दाजी ४.३० बजे गाउँदेखी केही पर नाङ्ले भन्ने जंगलमा घाँस काट्न गएकी रघुगंगा गापा, ६ कालावाङ वस्ने २४ बर्षिया हरिमायाँ शेरपुञ्जालाई बाढीले बगाउँदा मृत्यु भएको हो । बाढीले बगाउँदा सोही स्थानकी ३० बर्षिय दानदेवी पाईजा घाईते भएकी छिन । घाईते पाईजाको बेनी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाँस काट्न जंगल गएका उनीहरु दिउँसो ४ बजे परेको भारी वर्षापछि ओत लाग्न खोल्सा छेउको ओढारमा बसेको बेलामाथी बाट अचानक ठूलो बाढी आई बगाएको थियो । घाँस काट्न गएका महिलाहरु बाढीमा परेको देखेपछि स्थानीयले पाईजालाई जीवित उद्धार गरेका थिए । शेरपुञ्जालाई भने केही तल मृत अवस्थामा भेटाएका थिए ।
त्यसैविच सोमबार नै परेको भारी वर्षापछि रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेकी दिलमायाँ छन्त्यालको घर भत्केको गाउँपालिकाले जनाएको छ ।