FLASH NEWS
  • Loading...

बेनी नगरपालिकामा बेरूजुकाे चाङ, प्रमुख प्रशासकीय अधिकृतबाट पनि बेरूजु असुली गर्नु पर्ने – महालेखापरीक्षककाे रिपाेर्ट

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ३११० पटक पढिएको
बेनी नगरपालिकामा बेरूजुकाे चाङ, प्रमुख प्रशासकीय अधिकृतबाट पनि बेरूजु असुली गर्नु पर्ने – महालेखापरीक्षककाे रिपाेर्ट

महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे महालेखापरीक्षककाे बार्षिक प्रतिवेदन ०७९ अनुसार अनुसार बेनी नगरपालिकाकाे साे वर्षकाे मात्रकाे बेरूजु ११ कराेड ३६ लाख १२ हजार रहेकाे छ । जसमध्य तत्काल असुल उपर गर्नु पर्ने बेरूजु मात्र २ कराेड ९० लाख २३ हजार रूपैयाँ छ ।

प्रतिवेदन अनुसार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाेलकराज ढकालसमेत मातहतका कर्मचारीहरू फिल्ड गएकाे नक्कली कागज बनाइ अनियमितता गरेकाेले उनीहरूले खाएकाे रकम असुल उपर गर्न सुझाइएकाे छ । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएका बेला हाकिम-कर्मचारी मिलेभगत गरी किर्ते भ्रमण अादेश भरी  भत्ता बुझेको देखिएको हाे ।

हालेखापरीक्षककाे बार्षिक प्रतिवेदन ०७९ अनुसार प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पनि नियम विपरित भत्ता बुझेको र आर्थिक अनुशासन कायम गर्ने प्रमुख जिम्मेवारी पदमा रहनुभएका ढकालले २४ हजार आठ सय रुपियाँ बुझेकाले असूलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, नगरका शाखा अधिकृत (सूचना अधिकारी) युवराज थापाले १० हजार पाँचसय,लेखा प्रमुख माधव प्रसाद भुसालले दुईहजार सातसय र आकृति पौडेलले छ हजार पाँचसय रुपियाँ बुझेको प्रतिवेदनमा उल्लेख छ ।

अधिकृत थापाले २०७८ फागुन २६ गते देखि चैत २ गते सम्मको,लेखापाल भुसालले २०७८ भदौं २५ देखि २७ गते सम्म र पौडेलले २०७८ असोज १२ देखि १६ गते सम्म भ्रमण अवधि रहेको छ । उक्त समयमा ति कर्मचारीहरु कार्यालयमा हाजिर भएकाले बुझेको रकम नियम विपरित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भ्रमण खर्च नियमावली २०६४ को नियम ४ बमोजिम भ्रमण खर्च किफायती हुनुपर्ने र अनुसूची ६ को ढाँचामा अभिलेख राख्नुपर्ने व्यवस्था छ । नगरपालिकाले नियम विपरित कर्मचारीहरुलाई कार्यालयमा उपस्थित समयमा भ्रमण भत्ता उपलब्ध गराएको उक्त रकम असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ढकालले २०७८ माघ १२ गते आर्थिक कार्यविधि नियमावली २०७७ को नियम ३९ (११) मा सरकारी खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकम हानी नोक्सानी नहुने प्रबन्ध मिलाउनुपर्ने व्यवस्था छ । स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन भएको समय २०७८ कार्तिक ११ देखि १८ गते सम्म ढकाल कार्यक्रम संचालन भएको समयमा कार्यालयमा हाजिर रहेको र उक्त समयमा कार्यक्रम वापतको भत्ता बुझेकाले असूल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य संयोजक लिला गौतम ले १० हजार छ सय रुपियाँ नियमविपरित बुझेको उल्लेख छ । यसैगरी २०७९ असार २५ गतेको लेखामा २०७९ असार २२ सम्मको भ्रमण भत्ता राखी करुणा थापा मगरको नाममा २०७९ असार २७ देखि ३२ सम्म डिल्लीराज आचार्यको नाममा र २०७९ असार २१ देखि २६ सम्मको भ्रमण भत्ता राखी स्वास्थ्य संयोजक गौतमको नाममा भुक्तानी भएको ३४ हजार ६०० असूल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखापरीक्षकाे रिपाेर्ट विस्तृत रूपमा पढ्न तलकाे पिडिएफ फाइल खाेल्नुहाेस ।

FG4em1685256056बेनी नगरपालिका, २०७८।७९