FLASH NEWS
  • Loading...

डेढ दशकपछि कालीगण्डकी गर्ज आयोजना चर्चामा

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ४०८ पटक पढिएको
डेढ दशकपछि कालीगण्डकी गर्ज आयोजना चर्चामा

संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा प्रस्तावित एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविधुत आयोजनाको डेढ दशकपछि फेरी निर्माण गर्ने चर्चा सुरु भएको छ ।
आयोजनाको प्राविधिक परामर्शदाता एवं प्रर्वद्धक हाईड्रो सोलुसनबाट कालीगण्डकी गर्ज जलविधुत आयोजना त्रिवेणी इनर्जी प्रालिको नाममा स्वामित्व हस्तान्त्रणभएपछि मृत प्राय अवस्थामा पुगेको आयोजना निर्माण हुने संभावना बढेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका, ४ घाँसाको तल पैहृाथाप्ला नजिक गहिरो खोंचमा बाँध बनाई ६ किलोमिटर तल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङको घरापमा अर्ध भुमिगत विधुत गृह निर्माण गर्ने प्रस्ताव छ ।
आयोजनाको ज्ञानेन्द्रलाल प्रधान अध्यक्ष रहेको हाईड्रो सोलुसनले सन् २००६ मा पहिलो संभाब्यता अध्ययन थालेको थियो । सन् २००८ मा वातावरणीय प्रभाव मुल्याङकन थालेको थियो । सन् २०१० देखी आयोजनाको निर्माण सुरु गर्ने तयारी भैरहँदाप्रवर्द्धक हाईड्रो सोलुसनका अध्ययक्ष ज्ञानेन्द्रलाल प्रधानसँग लाईसेन्स नविकरण शुल्यमा विवाद विधुत विकास विभागले आयोजनाको एआईए र पिपिए एप्रुभ नगरेपछि आयोजना निर्माण अलपत्र परेको थियो ।
आयोजनाले सन् २००९ मा आयाोजनाको विधुत गृह तथा आउटलेट रहने क्षेत्रमा ३ सय बढी रोपनी जग्गा अधिकरण गर्नुको साथै स्थानीय गाडपार आवि, घराप आवि र प्रभा माविमा एक–एक जना गरी एक बर्षसम्म तीन जना शिक्षक समेत सहयोग गरेको थियो ।
प्रर्वद्धक परिवर्तन भएसँगै आयोजनाले स्थानीय रुप्से इन्भारोमेन्ट सोलुशन प्रालिलाई परामर्शदाता नियुक्त गरी वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) को काम सुरु गरेको कालीगण्डकी गर्ज हाईड्रोपावर प्रालिको प्रर्वद्धक त्रिवेणी इनर्जी प्रा.लिका प्रशासन प्रमुख विजय कार्कीले बताए ।
‘आयोजनाका प्रर्वद्धक परिवर्तन भै विधुत विकास वोर्डसंग विधुत खरिद सम्झौता (पिपिए) समेतका अफिसियल प्रकृया भएको छ । वातावरणीय र सामाजिक प्रभाव मुल्याङ्कन गर्न परामर्शदाता समेत नियुक्त भैसकेका छन’ प्रभावित क्षेत्रका जनप्रतिनिधीसमेत सरोकारवालासँग स्थलगत अध्ययनमा आएका त्रिवेणी इनर्जी प्रा.लिका प्रशासन प्रमुख कार्कीले भने, ‘अक्टुवर/नोभेम्बरबाट आयोजनाको विस्तृत अध्ययन थाल्ने र अर्को वर्षदेखी आयोजनाको निर्माण थाल्ने लक्ष्य रहेको छ ।’
आयोजना प्रर्वद्धकका अनुसार कालीगण्डकी गर्ज हाईड्रोपावर आयोजना स्वदेशी लगानीमा सम्पन्न गरिने भएको छ । यस अघि विदेशी लगानी भित्राउन सम्झौता भएपनि कार्यान्वनय हुन सकेको थिएन । सन २०१८ जुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा कालीगण्डकी गर्ज निर्माण गर्न हाईड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनी विच संयुक्त लगानी गर्ने सम्झौता भएको थियो । तर चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना अलपत्र अवस्थामा थियो ।
म्याग्दीमा निर्माणाधिन १२ वटा आयोजनाबाट ४ सय ५० मेगावाट विधुत उत्पादन हुँदैछ । छुट्टै ५० मेगावाट विधुत उत्पादन भैरहेको छ । कालिगण्डकी गर्ज म्याग्दीमा निर्माण हुने सवैभन्दा ठूलो जलविद्युत आयोजना हुने छ ।
अर्ध जलाशययुक्त आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ । यसअघि वहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनालाई अर्धजलाशय बनाउन विद्युत विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो । उत्पादित विद्युत १ किलोमिटर माथि दानामा निर्माण भएको २२० केभीए कालीगण्डकी करिडोर प्रसारण लाईनको सवस्टेसनमा जोडिने छ ।