FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ८४ पटक पढिएको
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदनले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

संशोधित अनुमान अनुसार गत आर्थिक वर्षमा पनि गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको आर्थिक वृद्धिदर भने सबैभन्दा कम १.४४ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तै, चालु आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ ।

गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आउने देखिएको छ । *इकान्तिपुरबाट