FLASH NEWS
  • Loading...

परम्परागत तानबुना सामाग्री विक्रि भएनन

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ११६ पटक पढिएको
परम्परागत तानबुना सामाग्री विक्रि भएनन

घाँसदाउरा, मेलापात र चुल्होचौकोबाट उव्रेको समय उपयोग गरी गृहणीहरुले तयार पारेका परम्परागत तानवुना सामाग्री विक्रि हुन छोडेको छ ।
सदरमुकाम बेनीदेखी १० कोष उत्तरपूर्वी अन्नपूर्ण गाउँपालिका, ८ नागीका महिलाले ऊनी धागोबाट बुनेका आधुनिक पुस्तालाई सुहाउँदो ल्यापटप, नोटप्याड, फोन र साना डायरी बोक्न मिल्ने ब्याग, न्यानो टोपी, मखलर, मोजा, मनी पर्स जस्ता उपयोगी सामाग्री विक्रि हुन छोडेको हो । बेनी–नागी–महरे–खोप्रा पदमार्गमा आएका पर्यटकहरु गाउँमा बास बस्दा गाउँले महिलाहरुको चिनो किनेर लैजाने गरेका थिए । गाउँमा आउने पर्यटक घटेसँगै हातबुना सामाग्रीको ब्यापार घटेको हो ।
‘हाम्रा मुख्य ग्राहक भनेकै पर्यटक हुन । लकडाउन पछि पर्यटक आउन छोडे । हाम्रा हस्तकलाका सामाग्री पनि विक्रि हुन छोड्यो’ इन्द्रेणी हस्तकला समुह नागीकी कोषाध्यक्ष गेममायाँ (राममायाँ) पुनले भनिन, ‘फहिला समुहले बार्षिक १९ लाखसम्मका हस्तकलाका सामाग्री विक्रि गर्थ्यौ । कोरोनाकालमा वित्रि ठप्प भयो । यो वर्ष अलिअली पर्यटक आए २५ हजारको सामाग्री विक्रि भएको छ ।’
हस्तकलाका सामाग्री किन्ने मुख्य ग्राहक घटेपछी ग्रामिण महिलाहरुले गोवर लत्पतिएका हातले चिटिक्क बुनेका हस्तवुना सामाग्रीहरु बेच्न बजारको समस्या भएको छ । अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग अर्न्तगत परेको नागी गाउँमा आएका स्वदेश तथा विदेशी पर्यटकले यात्राको चिनो भन्दै हातवुना उनी सामाग्री किन्ने गर्थे । यी सामाग्री दैनिक जीवनमा उपयोगी तथा शहरी जीवनशैलीकालागी युनिक पनि छन ।

बलियो र सस्तो भएपनि गाउँठाउँका युवा पुस्ताले परम्परागत शैलीका हातवुना झोला, टोपी, गलवन्दी लगाएतका सामाग्री प्रयोग गर्न लजाउँछन । हेर्दा राम्रो फिनिसिङ राम्रो देखिने भएकोले जतिसुकै कमसल होस मेशिनमा बुनेका सामाग्री खोज्छन’ समुहकी अध्यक्ष कुमारी खोरजा मगरले भनिन, ‘गाउँमा आएका पर्यटकले यात्राको ‘चिनो’ भन्दै लैजान्छन । अव फेरी पर्यटकहरु आउलान भन्ने आसामा सामाग्री बुन्दै थुपारेका छौं ।’
हातमा सीप भएका २८ जना महिलाहरु मिलेर इन्द्रेणी हस्तकला झोला, स्वीटर, गलवन्दी उत्पादन समुह गठन गरेका छन । समुहसँग अहिले झोला, वालेट, टोपी, गलवन्दी, मोवाइल ब्याग समेत २० प्रकारका उनीधालो तथा अन्य धागोबाट निर्मित १२–१५ लाख मुल्य जतिको हस्तवुना सामाग्री स्टक छ । समुहले उत्पादन गरेका हस्तकला सामाग्री विक्रि गर्न अन्नपूर्ण गाउँपालिका समेत विभिन्न संस्थाले सहयोग गरेका छन ।
पर्यटनबाट लाभ लिने फरक सोंच र चाहना राख्ने हो भने समुदायले प्रयाप्त लाभ लिन सक्छन भन्ने उदाहरण हो, नागीको इन्द्रेणी हस्तकला झोला, स्वीटर, गलवन्दी उत्पादन समुह । समुहका सदस्यहरुले हातवुना ऊनीधागोका सामाग्री बुन्ने मात्र होईन, सिजन अनुसार गाउँमा पाईने आरुपोखरा जस्ता फलफुलको जाम बनाएर बेच्ने गरेका छन । समुहले बुनेका सामाग्री वेच्न नागी सामुदायीक लजको छेवैमा विक्रि कक्ष पनि बनाईएको छ ।

‘सुरुमा हामीलाई पनि पर्यटक आएपछि केही ब्यवसायीलाई मात्र हो भन्ने थियो तर होईन रहेछ, पर्यटकले गाउँमा आउँदा खल्तीको पैसा गाउँलेको हातसम्म पुग्ने रहेछ भन्ने मेसो पायौं’ स्थानीय हिमाञ्चल माध्यामिक विद्यालयका प्रध्यानअध्यापक रमन पुनले भने, ‘पर्यटनको लाभ साँच्चै समदायसम्म पुर्‍याउने हो भने समुदायका सवै पक्षको सीप, क्षमता र अवसर बाँड्नु पर्ने रहेछ । थाहा नपाई भाषा, सरसफाई र ब्यवहारमा पनि परिवर्तन हुने रहेछ ।’
ऊनीका झोला समेत हातवुना सामाग्री मात्र होईन, गाउँमा आउने पर्यटक घटेपछि नागी गाउँका महिलाले उत्पादन गरेका अर्घेलीको लोकताबाट बनाएका नेपाली हाते कागजका नोटवुक र ब्यागहरु पनि त्यसै थन्किएका छन । नागीको माछापुच्छ्रे लघुउद्यम महिला समुहले अर्घेलीबाट उत्पादन गरेको नेपाली कागजको हाते झोला, नोटवुक सिंगापुर र अष्ट्रेलिया लगाएत युरोपसम्मै निर्यात हुन्थ्यो । पछिल्ला ३ बर्ष देखी रोकिएको छ । थालेको छ ।
नागीको जंगलमा पाईने अर्घेलीको लोकताबाट निर्मित काजगका आर्कषक झोलाहरु, नोटवुकहरु पर्यटकले निक्कै रुचाएका थिए । केहीले एक–दुई पिस किन्थे केहीले आफ्नो देश फर्केपछि अर्डर पठाउँथे ।
‘काठका वाकसमा कम्प्युटर पठाई हुन्थ्यो । एकताका वायरलेस इन्टरनेटको गाउँभनी नागी चिनिन्थ्यो । वायरलेस इन्टरनेट र स्थानीय हिमाञ्चल विद्यालयमा भोलिन्टियरको रुपमा नागी आई रहन्थे । गाउँको बाटो भएर पदयात्री पर्यटक पनि खुव आउँथे । अहिले सुनसान भएको छ’ स्थानीय हरिमायाँ खोरजाले भनिन, ‘गाउँका गहना महाविर शहरमा आविस्कार केन्द्र बनाउन लागे । देशमा कहिले भुकम्प, कहिले नाकावन्दी कहिलो कोरोना यस्तै यस्तै कुराले पर्यटन ब्यवसाय सुस्तायो । पर्यटक नआएपछि उनैलाई बेच्न बनाएका सामाग्री पनि थन्किए ।’
हातवुना सामाग्री विक्रि हुन छोडेपछि नागीका गृहणीहरु सृजनसिल महिला कृषक सहकारी बनाई अर्गानिक तरकारी खेती सुरु गरेका छन । समुहले आलु, बन्दा, काउली, लसुन समेतका कृषी उत्पादन गरी बेनी, पोखराका बजारमा पठाउन थालेका छन ।