FLASH NEWS
  • Loading...

गाेली लागेर छियाछिया परेकाे विजुलीकाे पाेल लिन अाउन पत्राचार

  • पुनहिल डट कम
  • १२ महिना अघि
  • ३६३७ पटक पढिएको
गाेली लागेर छियाछिया परेकाे विजुलीकाे पाेल लिन अाउन पत्राचार

०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको तत्कालिन माअाेवादी लडाकु– शाही नेपाली सेना विच भएकाे भिडन्तकाे क्रममा माअाेवादीले हानेका गाेली लागी छियाछिया  परेको विजुलीकाे  पोल संरक्षण गरेकाे संस्थाले उक्त पाेल बुझ्न अाउन पत्राचार गरेपछि पाेल फिर्ता अाउने पक्का भएकाे छ।
बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भिडन्तकाबेला क्रसफायरमा परि छियाछिया भएको विजुलीको उक्त विधुत पोल ०६३ सालमा ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयले बेनीबाट पाटनढोका पुर्‍याएर सुरक्षित गरेको थियो ।


पुस्तकालयका अध्यक्ष कनकमणी दीक्षितले मंगलवार जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालिन र एतिहाँसिक महत्व राख्ने विजुलिको पोल बेनी पुर्‍याउने ब्यवस्था मिलाउन भनेका हुन ।
‘बेनीबाट ललितपुरको पाटनढोका लगी सुरक्षित गरिएको शसस्त्र विद्रोहको प्रभाव झल्काउने विजुलीको पोल अन्तत बेनी फिर्ता हुने पक्का भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भने, ‘गोलीले छियाछिया भएको पोल बेनीमा ‘शसस्त्र युद्ध/द्वन्द्वकालीन स्मारक’ को रुपमा प्रर्दशनीमा राखिने छ ।’
बेनी नगरपालिकाले ७ नम्बर वडाको विरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालिन युद्ध स्मारक’ को रुपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समिति मार्फत मदन पुरस्कार पुस्तकालाई पत्राचार गरेको थियो ।


त्यस अघि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर अध्यक्ष दिक्षितलाई भेटी बेनीबाट ललितपुर पुर्‍याईएको उक्त पोल फिर्ता गर्न आग्रह गरेका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसीले पनि छट्टै पोल फिर्ता ल्याउन पहल गर्नुको साथै शान्त पार्क बनाउने र पोल राख्ने बजेट सुनिश्चित गराएका थिए । नगरपालिकाले बेनीको विरेन्द्रचोक नजिक १० रोपनी क्षेत्रफलमा शान्ति पार्क एवं वालउद्यान बनाउन लागेको छ ।
‘फिर्ता ल्याउन लागिएको विजुलीको पोललाई ०६० चैत ७ गते विद्रोही र नेपाली सेना विच भिडिन्त भएकै स्थानमा राखिने छ । यहाँ पोल बाहेक सो युद्धमा प्रयोग भएको बंकर समेत रहेकोले यी युद्धकालिन बस्तुहरुको संरक्षण र प्रर्दशनी गर्ने गरी नगरपालिकाले योजना बनाएको छ’ बेनी नगरपालिका प्रमुख सुरत केसीले भने, ‘पोललाई बाहिर राख्ने कुरा पनि भएको छ । तर नगरपालिका छेउमै युद्ध स्मारकको रुपमा पोल, बंकर संरक्षित गर्ने र अन्य शसस्त्र युद्धकालिन सामाग्री, फोटाहरु पनि फ्रर्दशनीमा राख्ने तयारीमा छौं ।’
बेनी आक्रमणमत्रममा १९ जना सर्वसाधारण सहित १७ प्रहरी , १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । सवै पक्षबाट सयौंको संख्यामा घाईतेको अवस्थाबारे यकिन तथ्याङ्ढ कतै पाईदैन ।

नेपालको राजनितीमा कोत पर्व, भण्डारखाल पर्वहुँदै नेपाल एकिकरणका वेला भएका युद्धहरु भए । नेपालका विभिन्न भागमा वेलायती (इष्टइन्डीया कम्पनी)ले गरेका आक्रमण र युद्धपछि नेपाल लगभग १८० बर्षसम्म शान्तपूर्ण थियो । ०५२ साल फागुन १ गतेदेखी नेकपा माओवादीले सुरु गरेको छापामार युद्धले नेपाली समाजलाइ द्वन्द्वग्रस्त बनायो ।

माओवादीले सुरु गरेको शसस्त्र विद्रोह नेपालको आर्थिक असमानता र सामाजिक अन्याय सामान्ती राज्यसत्ताका अवयवहरु मात्र भत्काएन नेपाली आत्मा र सद्भावलाई पनि छियाछिया पारेको थियो । द्वन्द्वकालिन विद्रोही र राज्य पक्षको लडाईको चुपुवामा परी छियाछिया परेको यस विजुलीको पोलले युद्ध कति घातक हुन्छ भन्ने सन्देश दिएको छ ।
पुस्तकालयका अध्यक्ष कनकमणी दिक्षितले आफ्नो ‘देखेको मुलुक’ पुस्तकमा लेखे अनुसार माओवादीले ०५२ सालदेखी शशस्त्र विद्रोहको तयारी ललितपुरको पाटनढोकामा रहेको दिक्षित परिवारको एक घरमा रहेको ‘राष्ट्रिय जनमोर्चा’ को कार्यालयमा बसेर बनाएका थिए । शसस्क्र विद्रोहको योजना र खाका बनाएकै क्षेत्रमा माओवादीले गरेको बेनी आत्रमणमा छियाछिया परेको विजुलीको पोल लगेर राखिएको थियो ।


०५२ देखी ०६२/०६३ सालसम्मको शसस्त्र द्वन्द्वकालमा युद्धको परिणाम स्वरुप नागरिक, विद्रोही, सेना, प्रहरी लगाएत १७ हजारबढी ब्यक्तिको मृत्यु भएको थियो । बेनी आक्रमण गर्न माओवादीका फहिलो विग्रेड, सतवेरिया दोस्रो विग्रेड, लिस्ने–गाम तेस्रो र बासुस्मृति चौंथो बिग्रेडका ९ वटा वटालियनका ४ हजार ५ सय लडाकी र १ हजार ९ सय स्वयंसेवकले बेनीमा आक्रमण गरेका थिए । माओवादीले गरेको बेनी आत्रमणमा ६६ वटा एके–४७ राईफल प्रयोग गरेका थिए ।
नेपाल सरकार र नेकपा (माओवादी)ले २०६३ सालमा अन्तर्राष्ट्रिय कानुनका केही प्रमुख सिद्धान्तहरूको पालना तथा सम्मान गर्ने कुरामा प्रतिबद्धतासहित विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जसमा द्वन्द्वका समयमा भएका घटनाका सम्बन्धमा सत्यतथ्य थाहा पाउने र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन तथा मानवीय कानुनको गम्भीर उल्लङ्घनका पीडितहरूले न्याय र परिपूरण दुबै पाउने कुराको सुनिश्चित गर्ने लगायतका कुराहरू अझै टुङ्गो लागेको छैन ।