FLASH NEWS
  • Loading...

पालिकाका सामुदायीक भवन लागत बढी, उपयाेग न्यून

  • पुनहिल डट कम
  • १२ महिना अघि
  • ११५ पटक पढिएको
पालिकाका सामुदायीक भवन लागत बढी, उपयाेग न्यून

स्थानीय तहमा जनप्रतिनिधीले आवश्यकताको आधारमा नभै लहडका भरमा योजना बनाउँदा लाखौं खर्चेर बनेका सामुदायीक भवन, तालिमहल समेतका संरचनाहरूमा अनावश्यक बढी लगानी भएपनि प्रयोगहीन भै खेर गैरहेको छन ।
राजनैतिक भागवण्डामा योजना तर्जुमा र बजेट खर्च गर्दा कसरी लाखौं खर्चेर बनेको रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित तालिम तथा संकलन केन्द्र भवन प्रयोगहीन छ । गाउँपालिकाले ४२ लाखबढी खर्चेर ०७७ सालमा निर्माण गरेको उक्त भवन निर्माण भएको तीन वर्षमा दुई वटा तालिम बाहेक प्रयोजनहीन रहेको हो ।
रघुगंगाले निर्माण गरेको तालिम तथा संकलन केन्द्र एउटा उदाहरण हो । जिल्लाका प्रायः सवै पालिका र वडा तहमा निर्मित तालिम हल, आमा समुह भवन, युवा भवन, कृषी उपज संकलन केन्द्र समेतका योजनाहरु उपलब्धीहीन झै बनेका छन ।
रघुगंगा गापा, ३ का वडा सचिव सनिता कार्कीका अनुसार आव ०७६/०७७ मा २५ लाख बजेटबाट भुई तल्लामा दुई कोठे तालिम हल, आव ०७७/०७८ मा थप १५ लाखले माथिल्लो तल्लामा स्थानीय कृषी उपज संकलन केन्द्र बनाईएको हो । ०७८/०७९ मा कुर्ची टेवुल समेत हल ब्यवस्थापन गर्न थप दुई लाख रुपैयाँ गाउँपालिकाको बजेट खर्च भएको हो ।
‘तालिम हल बने यता तीन वर्षमा एउटा ब्युटी पार्लर सम्बन्धी र अर्को सिलाई कटाई सम्बन्धी गरी दुई वटा तालिम भए । पालिकाले आयोजना गर्ने सवै खाले तालिमहरु यही भवनमा गर्ने भन्ने कुरा भएपनि ब्यवहारमा पायक नपरेको भन्ने कुरा आएको छ’ तालिम हलको स्वामित्व रहेको ३ नम्बर वडाध्यक्ष खिमबहादुर शाहीले भने, ‘दैनिक बजार बेच्न लैजानेगरी वडाभर अझ संकलन केन्द्र वरपरका वस्तीबाट कृषी उपज बजार लैजाने हैन बजारबाट ल्याउने धेरै छन ।’ वडाध्यक्ष शाहीले थपे, ‘संकलन केन्द्रमा वडा काार्यालय, श्वास्थ्य इकाई समेत कार्यालयका अलपत्र परेका सामाग्री स्टोर गरेका छौं । आवश्यकता पहिचान नगरी भवनमा बजेट खर्च गर्दा राज्यको ढुकुटी खेर गएको छ ।’
गाउँपालिका केन्द्र रहेको मौवाफाँटमा तालिमहल समेतका पूर्वाधारहरु नभएकोले पालिकाले आयोजना गर्ने सवै तालिम यही भवनमा गर्ने उद्देश्यले रघुगंगा गापा, ३ पिप्ले वडा कार्यालय मातहत रहनेगरी तालिम तथा कृषी उपज संकलन केन्द्र बनाईएको थियो ।
भवनको स्वामित्व रहेको रघुगंगा गापा, ३ वडा कार्यालयका अनुसार भुई तल्लामा तालिमहरु संञ्चालन गर्ने र माथिल्लो तल्लामा स्थानीय उत्पादनहरु संकलन गरी बजार पुर्‍याउने लक्ष्य अनुसार न तालिम भएका छन न त कुनै कृषी उपज संकलन गरिएको छ ।
‘जनप्रतिनिधीबाट योजना माग भै विधीप्रकृयाबाट अनुमोदन तथा बजेट विनियोजन भएका योजनाहरुको लागत इष्टिमेट निकाल्ने र कार्यसम्पादन गराउने हो । हाम्रो भुमिका प्राविधिक नापजाँच मात्र हो’ रघुगंगा गाउँपालिकाका सव इन्जिनियर कमल चोखालले भने, ‘तर स्थानीय तहमा प्राविधिक भै काम गर्दा के महसुस भएको छ भने, धेरै संरचनाहरुले अपेक्षित लाभ दिन नसकेको सत्य हो । आवश्यकता सानो तर लगानी ठूलो भएको छ । अनुत्पादक संरचना बनाउने होडबाजी रोकिनु आवश्यक छ ।’

समातारको तस्वीर छ ।
क्याम्पस ः म्याग्दीको रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित प्रयोगहीन तालिम तथा संकलन केन्द्र भवन । रघुगंगा गाउँपालिकाले ४२ लाख खर्चेर बनाएको यो भवनमा तीन वर्षमा जम्मा दुई वटा तालिम भए । अहिले प्रयोगहीन भै खेर गैहेको छ । तस्वीर ः घनश्याम खड्का, कान्तिपुर