FLASH NEWS
  • Loading...

यो वर्ष अनिकाल पर्न सक्ने, खाद्यान्नको जोहो गर्न सुझाव

  • पुनहिल डट कम
  • १२ महिना अघि
  • १८२ पटक पढिएको
यो वर्ष अनिकाल पर्न सक्ने, खाद्यान्नको जोहो गर्न सुझाव

हिउँदे वर्षा कम भएकाे र अाउँदाे मनसुनमा पनि खडेरेकाे संभावना बढेकाेले वर्ष खाद्यान्न संकट (अनिकाल)काे जाेखिम बढेकाे विज्ञहरूले बताएका । उनीहरूले खाद्य चक्रलाई सहज बनाउन समयमै खाद्यान्न जाेहाे गर्न सरकारलाइ सुझाएका छन।

नेपालमा यो वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका हुन । हिउँदमा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने संभावना अधिक रहेकाेले भोकमरी, कृषि उत्पादनमा कमी लगायतका समस्याहरु सिर्जना हुनसक्ने अांकलन गरिएकाे हाे । उनीहरूले जतिसक्दाे खेतीयाेग्य जमिनमा खेती गर्न र बाँझाे नराख्न सुझाएका छन ।

याे वर्ष गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने अनुमान छ । त्यसैले यस वर्ष अन्नकाे मदिरा बनाउने कुरामा राेक लगाउनु अावश्यक देखिएकाे छ ।

‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो । अत्यन्तै न्यून हो । त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य हृवात्तै बढेको छ’ माैषम विदले भनेका छन, ‘यसपटक उत्पादन नहुने देखेपनि व्यापारीहरुले गहुँको मूल्य बढाइसकेका छन् ।’ यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाएका छन् ।

बिहीबार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले आवश्यक रणनीति बनाइरहेको बताए ।  विगतका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आँकलन रहेको भन्दै उनले सोअनुसार धान रोप्ने बेलामा सिँचाइलाई विशेष जोड दिनुपर्ने बताए ।