FLASH NEWS
  • Loading...

सुत्केरी अन्धविश्वासले महिलामा आङ खस्ने समस्या बढी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७२ पटक पढिएको
सुत्केरी अन्धविश्वासले महिलामा आङ खस्ने समस्या बढी

समाजमा विद्यमान साधारण लाग्ने अन्धविश्वास महिलाहरुको लागी भने गम्भीर स्वास्थय समस्या बनेका छन ।
नेपाली महिलाहरु विच विकराल समस्याको रुपमा रहेको आङ खस्ने समस्याको मुख्य कारक सुत्केरी अवस्थामा गरिने अन्धविश्वासी ब्यवहारलाई मानिएको छ ।
सुत्केरीहुँदा छोईनु हुँदैन अन्धविश्वासले सुत्केरी संवेदनशिल अवस्थामा पनि आफ्ना र नानीका कपडाहरु सुत्केरी आफैलु धुन बाध्य हुन्छन । सुत्केरीले उठेर वा वसेर कपडा धुँदा, उठाएर सुकाउन लैजँदा भर्खर सुत्केरी भएको पाठेघर (आङ) मा जोडवल पर्न गै खस्ने समस्या हुने गरेको छ । कपडा धुन बस्दा खुट्टा फट्टीने भएकोले खुकुलो भएको योनी मार्गमा कपडा धुँदा जोडवल पर्ने भएकोले पाठेघर बाहिर निक्लने जोखिम बढी हुन्छ ।
‘सुत्केरी भएकोवेला सवैले नछुँदा सुत्केरी र नवजात शिशुलाई संक्रमणबाट जोगाउन त सजिलो हुन्छ । छुन नहुने बाहनामा शिशु र आफ्ना रगत लागेका, शिशुको दिशापिसाव लागेका कपडा सुत्केरी आफैले धुँदा गाहृो मात्र होईन पाठेघरमा समस्या आउने रहेछ । म आफै एक पीडाभोगी हुँ’ बेनी नगरपालिका, ८ बेनीकी कल्पना क्षत्रीले भनिन, ‘ग्रामिण भेग, विपन्न वा अशिक्षत समुदाय वा परिवारमा मात्र होईन शिक्षित, सम्पन्न र शहरीया घरपरिवारमै धेरै अन्धविश्वास छन, जस्ले महिलाको श्वास्थ्यमा असर गरिरहेको छ ।’
त्यस्तै सुत्केरी अवस्थामा सागसब्जी र फलफुल खाँदा बच्चा र आमालाई चिसो लाग्छ भन्ने अन्ध विश्वास रहेको छ । पोसिलो खान नपुग्नेलाई मात्र होईन भैसरी पुग्ने सुत्केरीलाई पनि मायाँगरी खुवाएको घ्यु, माशु मात्र खान दिने तर हरियो सागसब्जी र फलफुलहरु खान नदिंदा खानामा खनिज तथा मिनरल्स तथा रेशादार खान अभावले कब्जियत हुन्छ, दिशा साहृो हुन्छ । साहृो दिशा गर्दा बल लगाउनु पर्ने भएकोले सुत्केरीहुँदा खुकुलो भएको योनी मार्गबाट सजिलै पाठेघर बाहिर निक्लन्छ ।
‘हामीले सुत्केरीलाई मायाँ गरेरै धेरै माशु, घ्यु खुवाउँछौं तर हरियो सागपात खान नहुने, फलफुल खान नहुने लगाएतका अन्धविश्वासले गर्दा मायाँ गरेका बुहारी/छोरी/नातीनि वा दिदीवहिनीहरु पाठेघर खस्ने समस्यामा फस्ने गरेका छन’ बेनी अस्पतालकी सिनियर अनमी सुमित्रा पुनले भनिन, ‘सुत्केरी अवस्था भनेको संवेदनशिल समय हो । सवै तत्व रहेको उचित र ब्यवस्थित खानपिन नहुँदा पाचन प्रणालीमा असर गर्छन । कब्जियत भएको वेला दिसा बस्दा बढी वल लगाउनु पर्ने हुन्छ, त्यस्तो वेला खुकुलो योनी मार्गबाट भर्खर मात्र सुत्केरी भएको पाठेघर बाहिर निस्कन्छ ।’
सुत्केरी हुने वेला सुनपानी खुवाउने, धामीझाँक्रीले फुक्ने, धजा उठाउने धेरै अन्धविश्वासहरु समाजमा धेरै छन । तर हामीले सुत्केरी गराउन स्वास्थ्य संस्थामा ल्याएका सुत्केरीको श्वास्थ्यमा प्रतिकुल असर गर्दैन भने मनोविज्ञानले पनि असर गर्ने भएकोले फु/फा गर्न दिने, सुनपानी खान दिन्छौं ।’
विश्वास वा अन्धविश्वास जे भएपनि केही समुदाय/समाजमा सुत्केरी महिलालाई निश्चित मात्रामा मदिरा सेवन गर्न दिईन्छ । मदिरा सेवनले सुत्केरी अवस्थामा चिसो लाग्न दिंदैन र घ्यु वा माशु पचाउन सहयोग गर्छ भन्ने पनि मान्यता रहेको छ ।