FLASH NEWS
  • Loading...

सुख्खा पहिरोले अरुण नदी थुनियो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९९ पटक पढिएको
सुख्खा पहिरोले अरुण नदी थुनियो

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो।

अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए।

टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ। पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ।

सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ। पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ।

बैशाख १७ दिउँसो ३ बजे,
सङ्खुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको खबर प्राप्त। दिउसो देखि घट्दो क्रममा रहेको जलसतह हाल बढ्दो क्रममा छ। तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔँ। अरुणको थप विवरण https://www.dhm.gov.np/hydrology/hms-Single/107 मा हेर्न सकिन्छ।