FLASH NEWS
  • Loading...

मोटरलाईकलको ठक्करबाट चुतुवाको घट्नास्थलमै मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०९ पटक पढिएको
मोटरलाईकलको ठक्करबाट चुतुवाको घट्नास्थलमै मृत्यु

म्याग्दीको बेनी नगरपालिका, १ रत्नेचौरमा मोटरसाईकलको ठक्करबाट चुतुवाको घट्नास्थलमै मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार मंगलवार साँझ ७.४० बजे बाग्लुङबाट बेनी आउँदै गएको एक पहिचान नखुलेको मोटरसाईकलको ठक्करबाट ६–७ बर्षको ४० किलो तौल भएको पोथी चितुवाको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट दाहिने कान छेउमा चोट लागेपछि चितुवाले रगत वान्ता गरेको छ । दुर्घटनापछि चालक फरार रहेकाेले घट्नाकाे थप विवरण खुलेकाे छैन ।
‘स्थानीयले बेनी–बाग्लुङ यात्रारत यात्रुको हवला दिएर चितुवा मृत्यु भएको भन्ने खवर आएपछि हामी घट्नास्थलमा पुगेका हौं । घट्नाको मुचुल्का उठाई मृत चितुवा बेनी कार्यालयमा ल्याएका छौं’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरवहादुर क्षेत्रीले भने, ‘म्याग्दी र बाग्लुङको सीमावर्ती ढोडेनीखोला छेउ म्याग्दी खण्डमा रहेको प्रतिक्षालय नजिक बाँसघारी छेउमा दुर्घटना भएको छ । वन्यजन्तु मरेपछि  चालक फरार छन ।’ तस्वीर सौजन्य ः नरबहादुर क्षेत्री