FLASH NEWS
  • Loading...

महरे सामुदायीक हाेटलमा खानेपानी समस्या, खच्चडमा बोकेर पर्यटकलाई खुवाईदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २११ पटक पढिएको
महरे सामुदायीक हाेटलमा खानेपानी समस्या, खच्चडमा बोकेर पर्यटकलाई खुवाईदै

अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गको उत्कृष्ट गन्तब्य महरेडाँडामा रहेको सामुदायिक होटलमा पर्यटकलाई खुवाउने खानेपानीको समस्या छ ।
दैनिक आउने पर्यटकलाई खुवाउन महरे सामुदायीक होटलले करिव एक किलोमिटर तल रहेको कुवाबाट दैनिक ६ वटा खच्चडमा पानी बोकाएर ल्याउने गरेको छ । होटलमा अहिले दैनिक ३०–४० जना बाहृय पर्यटक आउने गरेको महरे सामुदायीक होटलले जनाएको छ ।
तीन हजार तीन सय १० मिटर अग्लो महरे डाँडामा पानीको श्रोत नभएकोले बलेसी र हिउँ जम्मा गर्ने गरिएकोमा यो वर्ष हिउँदमा हिउँ र पानी नपरेपछि खानेपानी, शौचालय तथा वाथरुपमा प्रयोग हुने पानीको समस्या भएको हो । होटलमा पानी भण्डारण नभएकोले वनभरीका चराचुरुङ्गी र वन्यजन्तुले समेत पानी खाने एउटै कुवाको पानी अपुगहुँदा चैत–बैशाखमा समस्या हुने गरेको हो ।
‘यस वर्ष हिउँदमा पानी र हिउँ नपर्दा होटलमा अहिले पानीको समस्या भएको छ । होटलमा पर्यटकलाई खुवाउने, शौचालय र वाथरुपमा पानीको पुर्‍याउन खच्चडबाट ३५ लिटरका तम्बुमा पानी बोकाएर पानी ल्याउने गरेका छौं’ महरे सामुदायीक लजका म्यानेजर नविन पुनले भने, ‘कुवाको पानीलाई सौर्य उर्जाबाट पम्पराखी तान्ने प्रयास गरेपनि अधिक चिसो र घना जंगलभित्र सोलारले सिस्टमले पनि राम्रो काम गरेन ।’
अघिल्ला वर्ष होटलले चैत–बैशाखको सिजनमा महरे पुग्ने पर्यटक होटलमा खानेपानीको अभाव पुरा गर्न पुस/माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेको थियो । छुट्टै खोल्सामा पनि हिउँ जम्मा गरी राखिन्थ्यो । असोज/कात्तिकको सिजनमा पानी अभाव पुरा गर्न वर्खायामको वलेसीपानी ड्रममा जम्मा गर्ने गरिएको थियो ।
यसरी जम्मा गरिएको पानीलाई मोक्स ब्रेन प्यूरीफाई सिस्टम (ःयह द्यचष्लभ एगचषथ क्थकतझ)बाट ‘ल्कोरिन’ उत्पादन गरी निर्मलीकरण गरेर होटलमा आउने पर्यटकलाई खाने/खुवाउने गरिएको छ ।
यसरी जम्मा गरिएको पानीलाई आवश्यकता अनुसार हाते पम्पले तानेर होटलको छुट्टै टंकीमा जम्मा गरिन्छ । क्लोरिर पानीले एक सय लिटर असुद्ध र फोहोर पानीलाई आधा घन्टामा जीवाणुरहित पारी पिउन योग्य बनाउँछ ।
खानेपानीको अभावग्रस्त सुन्दर पर्यटकिय क्षेत्र महरेमा वैकल्पिक खानेपानीको ब्यवस्था गर्ने प्रविधी भने सिङ्गापुरमा बस्ने अमेरिकी मिसेज किम र ब्रुस सल्ट (फ्ष् बलम द्यचगअभ क्जगति) दम्पत्तिले दुई हजार डलर लागतमा मोक्स विपिएस मेशिन र करिव दुई लाख खर्चेर होटलमा वलेसीको पानी जम्मा गर्ने टंकी जोडिदिएका हन ।
सामाजिक अभियन्ता महाविर पुनको अगुवाईमा १० वर्ष अघि बेनीबाट शुरु भै गलेश्वर–बाँसखर्क–नागी–महरे–डाँडाखर्क–स्वाता–खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग संञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण चक्रिय पदमार्ग मोटरबाटोले विस्थापित हुन थालेपछि विकल्पको रुपमा यो रुट निक्कै चल्तिमा आउन थालेको छ ।