FLASH NEWS
  • Loading...

८४ बर्षिया स्पेनी आरोहीले धवलागिरी आरोहणको चौंथो प्रयास गर्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११८ पटक पढिएको
८४ बर्षिया स्पेनी आरोहीले धवलागिरी आरोहणको चौंथो प्रयास गर्दै

धवलागिरी प्रथम (८१६७मी.) आरोहण गर्न ८४ वर्षिय बृद्ध स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेन नेपाल आई पुगेका छन ।
कार्लोसको यो धवलागिरी आरोहणको चौंथो प्रयास हो । वृद्ध आरोही कार्लोस सहकर्मी कार्कोभिल्लाको साथमा मार्च २४ मा स्पेनबाट विदाई भएका थिए । गत वर्ष यही सिजनमा भारीहिमपातपछि धौलागिरी आरोहणको तेस्रो प्रयास त्यागेर फर्केका कार्लोस अप्रिल ११ वा १२ मा धवलागिरी आधार शिविर पुग्ने उनको फेसवुक पेजमा उल्लेख छ ।
सन २०२१ सेप्टेम्बर १४ तारेखमा पनि कार्लोस धवलागिरीको ७ हजार १ सय मिटर उचाईको तेस्रो क्याम्प फिक्स गरेपछि धवलागिरीको मौषम अचानक विग्रेपछि आरोहण त्यागेर फर्केका थिए ।
संसारका जेठा पर्वतारोहीलाई धवलागिरी अरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले जनाएको छ । अहिले धवलागिरी आरोहण क्रममा रहेका कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राखेका छन ।
स्पेनबाट धवलागिरी आरोहणकालागी विदाई हुनु अघि भनेका छन, ‘उमेरको कीर्तिमान राख्न होईन की पर्वतारोहणको आनन्दको निरन्तरताकालागी धवलागिरी आरोहणमा जाँदैछु । मलाई ८१६७ मी, एक धेरै सुन्दर तस्वीर र धवलागिरीले मलाई धेरै पटक अस्वीकार गरेको मात्र थाहा छ । म चढ्न सक्छु, चढ्न चाहन्छु र फेरी प्रयास गर्दैछु । यो मेरो सायद अन्तिम मौका हो ।’