FLASH NEWS
  • Loading...

प्राकृतिक चिकित्सालयका थेरापी उपकरण एक वर्षदेखी अलपत्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८६ पटक पढिएको
प्राकृतिक चिकित्सालयका थेरापी उपकरण एक वर्षदेखी अलपत्र

बेनी नगरपालिका, ४ तातोपानीमा प्राकृतिक चिकित्सालय खोल्न ल्याईएका तातोपानी थेरापी उपकरणहरु एक वर्षदेखी अलपत्र छन । नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर तातोपानी कुण्ड ब्यवस्थापन समितिले साउना स्नान, थेरापी र योगालाई जोडेर ‘तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय’ संञ्चालन अघिल्लै वर्ष मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपंचरका उपकरण ल्याईएको थियो ।
संस्था दर्ता ऐन अर्न्तगत दर्ता भएको तातोपानी कुण्ड ब्यवस्थापन समिति मार्फत प्राकृतिक सामुदायीक चिकित्सालय संञ्चालन तयारी भैरहँदा समिति भ्याटमा दर्ता हुन र समितिको विधानको उद्देश्यमा प्राकृतिक/प्रविधी चिकित्सालय संञ्चालन गर्ने सम्बन्धी बुँदा थप्न बेनी नगरपालिकाले सुझाएपछि अभिायन प्रभावित भएको थिायो ।
‘भ्याट समेतमा अल्झेको सवै कानुनी अल्झन सकिएको छ । अव छिट्टै थन्किएका तातोपानी थेरापीका समाग्री उपयोगमा आई प्राकृतिक चिकित्सालय संञ्चालन आउने छ’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका सदस्य कुमार केसीले भने, ‘अव कुण्ड ब्यवस्थापन समितिको अभिवेशन गरी विधान र प्रवन्ध पत्र संशोधनपछि यही आवमा चिकित्सालय संञ्चालन गर्ने योजनामा छौं ।’


तातोपानी कुण्ड ब्यवस्थापन समितिले परम्परागत प्राकृतिक तातोपानी पोखरीमा डुवुल्कि लगाउँदै आएको उपचार विधीमा योगा थेरापी, मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपंचर विधीबाट पनि उपचार ल्याएका सवै थारापीका उपकरण थन्क्याएर राखिएको छ । यहाँका तातोपानीका पोखरीहरुमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका विरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन ।
नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर तातोपानी कुण्ड ब्यवस्थापन समितिले साउना स्नान, थेरापी र योगालाई जोडेर ‘तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय’ संञ्चालन गर्न थालिएको हो । प्राकृतिक चिकित्सालय खोल्न आव ०७७/०७८ मा संघिय सरकारको अघिल्लो आवमा ५० लाख र थेरापीका उपकरण खरिद गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ५० लाख बजेट खर्च भैसकेको छ ।


‘समितिले चिकित्सालय संञ्चालन गर्न स्वीकृत दिनु अघि प्रकृयागत त्रुटी सच्चाउन भनेका हौं’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘प्रकृयागत रुपमा आए नगरपालिकाले चिकित्सालय संञ्चालन गर्न अनुमति दिन्छ । राम्रो कामको सुरु आत गर्दा विधी प्रकृया पनि राम्रो होस भन्ने चाहना मात्र हो ।’
प्राकृतिक अस्पतालमा आवश्यक सवै थारापीका उपकरण थन्क्याएर राखिएको छ । थेरापी लगाएतका उपचार कक्षमा उपकरण सेट गर्दा गर्दै रोकिएको अवस्थामा छ । समितिले तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालयकालागी नियुक्त गरेको प्राकृतिक चिकित्सक डा.आयुशा अधिकारीलाई फिर्ता गरी फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टापको विज्ञापन पनि रद्द गरेको थियो ।


‘चिकित्सालयमा आवश्यक थेरापीहरुका उपकरण आई केही सेटअप पनि भैसकेको छ । सवै प्रकृया पुरा गरी सकेसम्म छिटो प्राकृतिक अस्पतालबाट सेवा सुरु गर्ने योजनामा छौं’ सचिव खड्काले सुनाए ।


यहाँका तातोपानीका पोखरीहरुमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका विरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन । विरामीको तातोपानीमा डुबेर निको भएको वचन विज्ञापनकै आधारमा वर्षेनी सयौं विरामी यहाँ आउने गरेका छन ।