FLASH NEWS
  • Loading...

बचतको तुलनामा खर्च गर्ने प्रवृत्ति बढी : गर्भनर

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९० पटक पढिएको
बचतको तुलनामा खर्च गर्ने प्रवृत्ति बढी : गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन्।

आजबाट सुरु भएको ‘ग्लोबल मनी विक–२०२३’को ललितपुरमा उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ’, उनले भने, ‘त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ। बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो।’

युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको गभर्नर अधिकारीको भनाइ छ ।

‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक– २०२३’ आजदेखि सुरु भएको हो। हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो।

यो अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका १०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको थियो। नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिब इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बैंकिङ, पुँजीबजार, बीमाजस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफुले सिकेका ज्ञान तथा सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न उनले आग्रह गरे।

ग्लोबल मनी विक’ मूलतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।