FLASH NEWS
  • Loading...

अाँखा परिक्षण शिविरमा ४७ जना मोतिया विन्दुका भेटिए, अाइतवारदेखी बेनीमा शल्यक्रिया गरिने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०२ पटक पढिएको
अाँखा परिक्षण शिविरमा ४७ जना मोतिया विन्दुका भेटिए, अाइतवारदेखी बेनीमा शल्यक्रिया गरिने

जिल्लाकाे तीन पालिकाकाे विभिन्न ८ वटा वस्तीमा गरिएकाे आँखा परिक्षण (स्किनिङ) शिविरबाट ४७ जना मोतिया विन्दु भएका विरामी पत्ता लागेका छन ।

नेपाल नेत्र ज्योति संघले संञ्चालन गरेकाे अाँखा परिक्षण शिविरबाट मंगला गाउँपालिका, १ कुहुँमा ५ जना, वडा ३ बरंजामा ४ जना, रघुगंगा गाउँपालिका, २ भगवतीमा १० जना, सोही गापा ६ पाखापानीमा ५ जना, अन्नपूर्ण गाउँपालिका, ५ शिखमा ६ जना, सोही पालिका, ६ पोखरेमा ६ जना, वडा ७ औलमा ६ जना र राम्चेमा ५ जनागरी ४७ जना मोतिया विन्दुका विरामी फेला परेका हुन ।

नेत्र ज्योति संघको प्राविधिक सहयोग तथा स्थानीय पालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको आर्थिक तथा ब्यवस्थापकिय सहयोगमा मंगला गापाको दुई वडा, रघुगंगा गापाको २ वडा र अन्नपूर्ण गापाको ४ वटा वडामा आँखा परिक्षण शिविर संञ्चालन गरिएको थियो ।

‘स्थानीय पालिकाको मागको आधारमा दुई चरणमा गरिएको आँखा परिक्षण शिविरबाट ४७ जना मोतिया विन्दुका विरामी पहिचान भएको छ । उनीहरुको यही चैत ५–७ गते बेनीमा शल्यिक्रिया शिविर गरी मोतिया विन्दुको उपचार गरिने छ । सोही अवसरमा ५ गते बेनी क्षेत्रका आँखाको विरामीको परिक्षण गरी मोतिया विन्दु समेत पहिचान गरिने छ’ नेत्र ज्योति संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले भने, ‘शिल्यक्रिया शिविर हिमालय आँखा अस्पताल पोखराका डाक्टरसहित प्राविधिक सहयोग र बेनी अस्पतालको ब्यवस्थापकिय सहयोग रहने छ ।’

त्यसैविच अन्नपूर्ण गापा, ७ औला र ८ राम्चेमा संञ्चालन गरिएको आँखा परिक्षण शिविरमा एक–एक जना जलविन्दु भएका विरामीको पहिचान भएको छ । जलविन्दु पहिचान भएका विरामीलाई आँखामा थप क्षति हुन नदिन पोखरा रिफर गरिएको पनि संघले जनाएको छ । जलविन्दुबाट आँखाको ज्योति गुमेको खण्डमा पुनः ज्योति फर्काउन नसकिने नेत्र ज्योति संघका प्राविधिक दिनेश बानियाँले बताए ।