FLASH NEWS
  • Loading...

गुर्जामा स्वास्थ्य शिविर  

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९२ पटक पढिएको
गुर्जामा स्वास्थ्य शिविर  

धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार अायाेजित निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् ।

दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविरमा ३१२ जना लाभान्वित भएका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल बताए ।

शिविरमा फिस्टेल अस्पताल पाेखराका फिजिसियन डाक्टर शिव भट्टराईको नेतृत्वमा गुर्जा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।  संस्थाले गुर्जा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान अटो कल्याप, औषधी र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।