FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा विशेषज्ञसहित ५९ स्वाथ्यकर्मीको दरवन्दी, १३ जना कार्यरत छन, अरु खै ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७२ पटक पढिएको
बेनी अस्पतालमा विशेषज्ञसहित ५९ स्वाथ्यकर्मीको दरवन्दी, १३ जना कार्यरत छन, अरु खै ?

बेनी अस्पतालमा ९ जना विशेषज्ञ डाक्टरसहित ५९ जना श्वास्थ्यकर्मीको दरवन्दी छ ।
अहिले अस्पतालमा एक जना आठौं तहका जनरल सर्जन डा.शंकरराज लामिछाने बाहेक अन्य विशेषज्ञ तथा मेडिकल अधिकृत अस्पतालमा छैनन ।
बेनी अस्पतालमा दरवन्दी राखेका अर्थोपेसडक सर्जन नवौं तहका डा. समाज गौतम वीर अस्पतालमा कार्यरत छन । बेनी अस्पतालमा दरवन्दी राखी अध्ययन विदामा गएका अर्का मेडिकल अधिकृत विराट शर्मा पनि अहिले कता छन अस्पताल अनविज्ञ छ । अस्पताललाई ९ जना विशेषज्ञ डाक्टरहरु को कहाँ छन भन्ने समेत जानकारी छैन ।
‘९ जना विशेषज्ञ र ४ जना मेडिकल अधिकृतसमेत १३ जना डाक्टरको दरवन्दी भएपनि म एक्लो जनरल सर्जन मात्र कार्यरत छु । अस्पतालमा दरवन्दी भएका कुन डाक्टर कहाँ कार्यरत छन भन्ने समेत जानकारी छैन’ बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शंकरराज लामिछानेले भने, ‘अस्पताल छात्रवृत्ति करार, ब्यवस्थापन समितिले नियुक्त गरेका करार तथा विभिन्न कार्यक्रमका डाक्टर, ल्याव टेक्निसियन, स्टाफ नर्स र अहेवको भरमा चलाएको छु ।’
डा. लामिछानेले थपे, ‘विशेषज्ञ डाक्टर हुनु जस्तो सुविधा नहुनुले के हुन्थ्यो तर बेनी अस्पताललाई निर्माणाधिन भवन अलपत्र पर्दा सवैभन्दा ठूलो हानी भएको छ । अस्पताल पूर्वाधार नहुँदा डाक्टर आउनै मान्दैनन ।’
बेनी अस्पतालका अनुसार ९ जना कन्सल्टेन्ट, ४ मेडिकल अधिकृत समेत ५९ जना श्वास्थ्यकर्मीको दरवन्दी भएपनि रेकर्डमा भने २५ जना डाक्टर/श्वास्थ्यकर्मीको कार्यरत छन । रेकर्डमा दरवन्दी कायम रहेका २५ जनामध्य पनि १२ जना अध्ययन विदामा छन । अहिले अस्पतालमा एक जना डाक्टरसहित १३ जना श्वास्थ्यकर्मी कार्यरत छन । अन्य डाक्टर, नर्स, टेक्नोलोजिष्ट समेत स्वास्थ्यकर्मी कहाँ छन, कुनै अभिलेख र जानकारी अस्पतालमा आएको छैन ।