FLASH NEWS
  • Loading...

एमाले म्याग्दीमा ‘मिसन ग्रासरूट’ अभियान आजदेखि सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११९६ पटक पढिएको
एमाले म्याग्दीमा ‘मिसन ग्रासरूट’ अभियान आजदेखि सुरु

नेकपा (एमाले) को ‘मिसन ग्रासरूट’ अभियान दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत अाज साेमबारदेखी म्याग्दीमा पनि सुरू भएको छ ।

अभियान अन्तर्गत पहिलाे चरणामा साेमबार बेनीमा स्थानीय तहका निर्वाचित वडासदस्य/ कार्यपालिका सदस्य/ वडाध्यक्ष / जिसस सदस्य /गापा, नपा, जि सस प्रमुख-उप प्रमुख / र पालिका कमिटीका अध्यक्षलाइ प्रशिक्षण सुरू गरिएकाे छ । मंगलवार जनप्रतिनधीहरूसहित  पार्टी जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्षहरू , जनबर्गीय संगठनका जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य राखेर प्रशिक्षण सुरू गरिएकाे एमाले म्याग्दीका उपाध्यक्ष वालकृष्ण सुवेदीले बताए ।

एमाले म्याग्दीका अनुसार प्रशिक्षणमा स्थानीय सरकार संचालन एेन तथा तिनका अधिकार सुचि, जनप्रतिनिधीकाे काम, कर्तब्य र अधिकार, समाजवादी विकास माेडेल र स्थानीय तहमा याेजना निर्माण, एमालेकाे मार्गदर्शक शिद्धान्त जवज र मार्सवादी सम्बन्ध, समसामयीक राजनैतिक परिस्थिती, राजनैतिक पार्टीहरूकाे वैचारिक भिन्नता तथा मिसन ग्रासरूट सम्बन्धमा प्रशिक्षण गरिन लागेकाे हाे ।