FLASH NEWS
  • Loading...

बेनीमा महिला उद्यमीहरुलाई अचार बनाउने तालिम प्रदान

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११५ पटक पढिएको
बेनीमा महिला उद्यमीहरुलाई अचार बनाउने तालिम प्रदान

बेनीमा रहेका ८० जना महिलाले विभिन्न स्वादका अचार बनाउने सीप सिकेका छन ।

म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले अमला, कागती, गुन्द्रुक, भट्टा, टुसो र मेथी, मेथी ग्रेभी, लप्सी गुलियो लगायतबाट महिलाको आर्यआर्जनमा सहयाेग पुर्याउने उद्देश्यले ५ दिने अचार बनाउने सीप सिकाएका हुन । तालिममा सहभागीले अमला, कागती, गुन्द्रुक, भट्टा, टुसो र मेथी, मेथी ग्रेभी, लप्सी गुलियो लगायतबाट स्वादिलाे अचार बनाउन सिकेका थिए । तनहुँकी बरिष्ठ लघुउद्यमी धनमाया रानाले अचारका परिकार बनाउने तालिम दिएकी हुन ।

महिला उद्यम विकास समितिका अध्यक्ष लक्ष्मी कार्की भण्डारीले अचार बनाउन सिकेका दिदीबहिनीहरूमध्य कम्तीमा १० जनाले सानाे ठुलाे अचारकाे ब्यवसायीक उत्पादन गर्न सके तालिमकाे उपलब्धी हुने भन्दै लघुउधम मार्फत आफु, परिवार र समाजलाई आत्मनिर्भर बनाउने किसिमले उद्यमशिलतामा सक्रिय हुन आग्रह गरिन ।