FLASH NEWS
  • Loading...

अयोध्या लगिने देवशिलाको गर्भस्थलमा क्षमा पुजा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०६ पटक पढिएको
अयोध्या लगिने देवशिलाको गर्भस्थलमा क्षमा पुजा

भगवान रामको वाल्यकालको मुर्ति बनाउन भारतको अयोध्यामा लगिने देवशिलाको गर्भस्थल  बेनी नगरपालिका, ६ सेतीपहिरो छेउको कालीगण्डकी नदी किनारामा हिन्दु शास्त्रिय विधी अनुसार नदी र भुमीसँग छुट्टाछुट्टै क्षमा पुजा गरिएको छ ।

कालीगण्डकीलाई देवी तुलसी, गण्डकीमा पाईने शालिग्रामलाई भगवान विष्णु र कृष्णा नदीले पवित्र बनेका शिलालाई देवशिला मानी पुज्ने चलन छ । शास्त्रिय मान्यता अनुसार शालिग्रामलाई भगवान विष्णुको स्वरुप र रामलाई भगवान विष्णुको वालअवतार मानिएकोले अयोध्यामा बन्ने रामलिला मन्दीरमा भगवान रामको वालस्वरुपको मुर्ति बनाउन यहाँको शिला लगिएको हो ।

देवशिला उत्खनन स्थल (शिलाको गर्भस्थल) म्याग्दीको कालीगण्डकी नदी किनारामा जनकपुर स्थित जानकी मन्दीरबाट आएका विमलेन्द्र निधी र अयोध्याबाट आएका गुरु राजेन्द्रसिं पंकज लगाएत सन्तमहन्त तथा स्थानीय अुगाहरु क्षमा पुजामा सहभागी भएका थिए ।

‘कृष्णागण्डकीका शिला अयोध्यामा रामको वाल स्वरुप मुर्ति बनाउन लगिदै छ । यी शिला अयोध्या मात्र होईन भारत र कालीगण्डकी, मुक्ति क्षेत्रको धार्मिक, सांस्कृतिक राजदुतको रुपमा रहने छन’ अयोध्याबाट देवशिला लिन आएका गरु राजेन्द्रसिं पंकजले भने, ‘भगवान विष्णुको स्वरुप शालिग्राम हुन र वाल स्वरुपका राम विष्णुका अवतार । त्यसैले कृष्णा गण्डकी नदीका यी शिलाका ठूलो धार्मिक अर्थ छ ।’

गत साउनमा जनकपुर स्थित जानकीमन्दीरका तर्फबाट पूर्वउपप्रधानमन्त्री तथा काँग्रेस नेता विमलेन्द्र निधीले अयोध्या पुगेर राममन्दीरमा रामको मुर्तिराख्न कालीगण्डकी नदीमा पाईने देवशिला उपलब्ध गराउने प्रस्ताव गरेका थिए । निधीको प्रस्ताव अयोध्याको राम मन्दीर निर्माण समितिले स्वीकार गरी जानकी मन्दीर प्रस्ताव रुवीकार भएको लिखत जानकारी आएपछि मन्त्रीपरिषद र गण्डकी प्रदेश सरकारको सहमतिमा कालीगण्डकीमा शिला खोज्ने काम थालिएको हो ।

बेनीदेखी करिव २.५ किमी उत्तर तर्फ गलेश्वरधाम छेउबाट ७ फिट लामो, ५ फिट चौडाई र ३.५ फिट मोटाइ भएका २ थान क्वार्जराईट र क्यालासाईट देवशिला पठाउनुपूर्व क्षमा पुजा गरिएको हो । शिलाभने उठाउने क्रेन र ट्रक आएपछि एक साता भित्र विदाई पुजासहित पठाईने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

भारतको सर्वोच्च अदालते तीन बर्ष अघि अयोध्याको विवादित जग्गा राम जन्मभूमि भएको फैसला सुनाएपछि उक्त जग्गामा रामलिला मन्दीर निर्माण थालिएको छ । सोही रामजन्मभुमिमा बन्ने रामका मुर्क्तिहरुमध्य वालस्वरुपका रामको एक मुर्ति रहने भएको हो ।

विष्णु पुराणमा शंखचुड स्वरुपका भगवान विष्णुले तुलसीलाई शिला भै बस्नु परोस भनि श्राप दिएपछि शालिग्राम भैरहेको र बदलामा भगवान विष्णुले तुलसीलाइ कालीनदी भै
बग्नु परोस भनि वरदान दिएकाले शालिग्राम र कालीगण्डकीको जललाई पवित्र मानिएको कालीगण्डकी नदी सभ्यताका अध्यता कुलराज चालिसेले सुनाए ।