FLASH NEWS
  • Loading...

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औं सभा सम्पन्न

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८० पटक पढिएको
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औं सभा सम्पन्न

प्रशिद्ध गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषको १७ औं साधारण सभा बुधवार सम्पन्न भएको छ ।
सभाको प्रमुख प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले एक समारोहका विच उद्घाटन गरे ।


कोषका प्रवन्ध समितिका अध्यक्ष माधवप्रसाद रेग्मीका अध्यक्षतामा सम्पन्न सभाले कोषका सदस्य सचिव बलबहादुर खत्रीले पेश गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष कुमारी रोकाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा कोषसँग तीन करोड १६ लाख दुई हजार नौ सय रुपैयाँ नगद तथा विभिन्न बैंक तथा वित्तिय संस्थामा मौजाद रहेको उल्लेख छ ।
कोषध्यक्ष रोकाका अनुसार यो रकम मंसिरमसान्तसम्म भएको कुल आम्दानीमा सोही समयमा भएको २० लाख २ हजार ९ सय ८३ रुपैयाँ खर्च कटाएर बचेको रकम हो । गत साउनदेखी मंसिरमसान्तसम्म मन्दीरले २६ लाख १५ हजार ४ सय २६ रुपैयाँ आम्दानी भएको छ ।