FLASH NEWS
  • Loading...

नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७८ पटक पढिएको
नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

भाेली पुस ७ देखि १० गतेसम्म बिरगंजमा हुन लागेको ४९ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका छन ।

सन २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । यस अघि उनी सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष थिए । अहिले कार्यकारी पदमा बढाेन्नती खाेजेका हुन ।

बरुवाल उम्मेदवार बन्नुभएको कार्यकारिणी उपाध्यक्षमा ४ जनाको पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । कार्यक्रम संयोजक लगायतका जेसीज गतिविधिमा संलग्न भएर थुप्रै राष्ट्रिय अवार्डहरु समेत प्राप्त गरिसक्नुभएका बरुवालले युवाहरुको नेतृत्व, व्यत्तित्व र क्षमता विकासको क्षेत्रमा थप रचनात्मक कार्यहरु गर्नको लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवार बनेकाे सुजन बरूवालले दावी गरे।

नेपाल जेसीजमा १ अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष पदका लागि निर्वाचन हुने गर्छ । हरेक बर्ष नेतृत्व हस्तान्तरण हुने जेसीजमा एक व्यक्ति एक पदमा एक पटक मात्रै रहन पाउने प्रावधान रहेको छ ।