FLASH NEWS
  • Loading...

ध्रुव जिसी म्याग्दी लोक तथा दोहोरी गीत प्रतिष्ठान अध्यक्षमा निर्वाचित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५८ पटक पढिएको
ध्रुव जिसी म्याग्दी लोक तथा दोहोरी गीत प्रतिष्ठान अध्यक्षमा निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुव जिसी निर्वाचित भएका छन ।

विहिबार सम्पन्न १६ औँ वार्षिक साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनबाट जिसीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा विजुन केसी, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सहसचिवमा सुनिल बानियाँ र सहकोषाध्यक्षमा नारायण पौडेल भए ।

त्यस्तै सदस्यहरुमा बल बहादुर परियार, ( संगठन विभाग प्रमुख ), शंकर पौडेल, जिवन कार्की (प्रवक्ता), रामकुमारी पुन, विजय परियार, राजकुमार परियार र तोप बहादुर कार्की चयन भएका छन । नवनिर्वाचित कार्य समितिहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज, निर्वाचन मण्डल संयोजक जीवन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।