FLASH NEWS
  • Loading...

बेनी बचतद्वारा सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११८ पटक पढिएको
बेनी बचतद्वारा सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिका, ४ सिङ्गास्थित धवलागिरी माध्यामिक विद्यालयमा रहेकाे सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ ।

सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका –४ सिंगामा रहेको उक्त स्रोत कक्षालाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बुधबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरी र सचिव माधव प्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्का र प्रधानाध्यापक भुवन प्रसाद रेग्मीलाई सो रकम हस्तान्त्रण गरे ।