FLASH NEWS
  • Loading...

मध्यकालीगण्डकीले एक सय ५० मेगावाट क्षमतामा विधुत खरिद सम्झौता गर्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४१७ पटक पढिएको
मध्यकालीगण्डकीले एक सय ५० मेगावाट क्षमतामा विधुत खरिद सम्झौता गर्दै

कालीगण्डकी नदीको म्याग्दी जिल्ला खण्डमा निर्माण प्रकृयामा रहेका आयोजना मध्य एक हो, मध्य कालीगण्डकी जलविुधत आयोजना । ५३ मेगावाट क्षमतामा सर्वे अनुमति लिएको मध्यकालीगण्डकी जलविधुत आयोजनाले डिजाईन रिभाईज गरी एक सय ५० मेगावाट क्षमतामा विधुत खरिद सम्झौता (पिपिए) गर्न लागेको छ ।
उद्योग वाणिज्य महाँसघका उपाध्यक्ष रहेका ब्यवसायी चन्द्र ढकाल नेतृत्वको हाईड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बग्ने कालीगण्डकी नदीमा एक सय ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविधुत आयोजना बनाउन लागेको हो ।
सरकारले हालै निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मेगावाट विधुत उत्पादन गर्ने आयोजनाहरुको विधुत खरिद सम्झौता (पिपिए) गर्ने निर्णय गरेसँगै म्याग्दीको मध्य कालीगण्डकी जलविधुत आयोजना पनि पिपिए लिष्टमा समावेश भएको आयोजनाका अध्यक्ष समेत रहेका महाँघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।
‘म्याग्दीमा निजी क्षेत्रको लगानी रहेको मध्य कालीगण्डकी जलविधुत आयोजनाको पिपिए हुन लागेको छ । छिट्टै आयोजना निर्माण सुरु हुँदैछ’ म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारण सभा उद्घाटन गर्न शनिवार बेनी आएका महाँसघका उपाध्यक्ष ढकालले भने, ‘म्याग्दीका ब्यवसायीले पर्यटन समेत कुनै क्षेत्रमा लगानीको प्रोजेक्ट बनाउँछ भने म लगानी भित्राउन र साझेदार बन्न तयार छु ।’

बेनी–जोमसोम सडक किनारामा पर्ने म्याग्दीको बेनी देखी मुस्ताङसीको घाँसासम्म ४० किलोमिटर खण्डमा बग्ने कालीगण्डकी नदीबाट कम्तीमा ५ वटा मझौलादेखी ठूला जलविधुत आयोजना प्रकृयामा छन । सोही खण्डमा कालीगण्डकीमा मिसिने मिस्त्रीखोला, रेलेखोला र घारघोलामा थप ६ वटा जलविधुत आयोजना निर्माण भएका/निर्माणाधिन छन ।
मध्य कालीगण्डकी जलविधुत आयोजना अन्नपूर्ण गाउँपालिका, ३ सुकेवगरमा बाँधबनाई १ हजार ४ सय मिटर लामो सुरुङ्गमार्गबाट कालीगण्डकी नदीको पानी ल्याईन अन्नपूर्ण गापा, २ ठूलोबगरमा विधुत गृह बनाउने योजना छ ।
ब्यवसायी चन्द्र ढकालसहितको टिमले अन्नपूर्ण गापामै कालीगण्डकीको सहायक मिस्त्रीखोलाबाट ४२ मेगावाट विधुत उत्पादन गरेको छ । भने ३८ र ६५ मेगावाटका दुई वटा निलगिरी खोला पहिलो र निलगिरीखोला क्यास्केट आयोजना निर्माण गरिरहेको छ ।
त्यसैगरी कालीगण्डकी नदीमै अर्को जलविधुत आयोजना निर्माण हुने भएको छ । जिल्लाको उत्तरी भेगका अन्नपूर्ण र रघगंगा गाउँपालिका क्षेत्रमा बग्ने कालीगण्डकीबाट अर्को तिप्ल्याङ्ग कालीगण्डकी हाईड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविधुत आयोजना निर्माण गर्ने भएको छ ।
यो आयोजनाले अन्नपूर्ण गाउँपालिका, ६ रातोपानीमा बाँधबनाई रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्ग नजिक विधुत गृह बनाई बनाउने योजना छ ।
त्यस्तै, अन्नपुर्ण गाउँपालिका अर्न्तगत नै पर्ने दाना र नारच्याङमा छुट्टै १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविधुत आयोजना निर्माण हुने प्रस्ताव छ ।
तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा कालीगण्डकी गर्जमा चिनिया लगानी भित्राउने सम्झौता भएको हो । कालीगण्डकी गर्जका तर्फबाट हाईड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनी विच संयुक्त लगानी गर्ने गरी सम्झौतामा भएको थियो । सरकारले निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मे.वाट विधुत खरिद सम्झौता गर्दा कालीगण्डकी गर्ज पनि समावेश हुने भनिएको छ ।
बेनी–जोमसोम सडकको दाया–बाँया किनाराबाट बग्ने कालीगण्डकी नदी मै ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविधुत आयोजना प्रस्तावित छ ।
ट्रेडलिङ्ढ ग्लोवल प्रा.लि.ले निर्माण प्रस्ताव गरेको अपर जलविधुत आयोजना रघुगंगा गाउँपालिका, १ बेगखोलामा बाँधबनाई सोही गापा, ३ घुमाउने तालमा विधुत गृह बनाउने लक्ष्य छ ।
त्यस्तै, कालीगण्डकी नदीको म्याग्दी खण्डको सवैभन्दा पुछारमा बेनीकालीगण्डकी जलविधुत आयोजना निर्माण गर्न प्रस्तावित छ ।
विधुत विकास विभागले प्रस्ताव गरेको ५०.५३ मेगावाट क्षमताको बेनीकालीगण्डकी जलविधुत आयोजनाको निर्माण गरेको हो । आयोजनाको ड्याम निर्माण स्थलको एलाईमेन्ट परिवर्तन स्थानीयले विरोध गरेपछि आयोजना रिभाईज चरणमा रहेको बताईएको छ ।
८ अर्व ७२ करोड लागत अनुमान गरिएको बेनी कालीगण्डकी जलविधुत आयोजना बेनी नगरपालिका, ६ सेतीपहिरोमा बाँध बनाई कालीगण्डकीको पानीलाई ३.५ किलोमिटर पर पर्वत जिल्लाको जलजला गाउँपालिका, ४ शेराफाँटमा पावरहाउस बनाउने प्रस्ताव छ । ‘आयोजनाले उत्पादन थालेको मितीबाट बार्षिक प्रतिकिलोवाट एक सय रुपैयाँ र थप विधुत विक्रिको रोयल्टी प्रति घन्टा मुल्यको २ प्रतिशतका दरले बार्षिक २१ करोड ७८ लाखका दरले बेनी नगरपालिकालाई रोयल्टी दिने’ लिखित प्रस्ताव गरेको छ ।