FLASH NEWS
  • Loading...

वेमौषमी वर्षाले धान उत्पादन घट्यो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८९ पटक पढिएको
वेमौषमी वर्षाले धान उत्पादन घट्यो

गत असोज तेस्रो साता भएको वेमौषमी भारी वर्षासहित हप्तान्त झरीले फुल खेल्न लागेको धान वालीमा क्षति पुर्‍याउँदा उत्पादनमा घटेको छ ।
कृषी ज्ञान केन्द्रका अनुसार गत वर्षभन्दा उत्पादकत्व ०.३ प्रतिशतले घट्दा धान उत्पादन ११ दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै कोदो उत्पादन पनि ७ प्रतिशतले घटेको छ ।
‘धान रोप्ने वेलामा राम्रो बर्षा नभएको र धान फुलेको वेला हप्ताभरी भारी वर्षा भएकोले धान र कोदोको उत्पादन घटेको छ’ कृषी ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले भने, ‘जिल्लामा मुख्य धान उत्पादन हुने तल्लो भेगको मुख्य पकेट क्षेत्रमै उत्पादन घटेको छ ।’
सिग्देलका अुनसार जिल्लामो माथिल्लो भेग १३–१४ सय मिटरभन्दा माथिल्लो भेगमा जेठमै वा मध्य असार महिना भित्रै धान रोपाइ हुने भएकोले मध्य असोजमा धान पाक्यो वा धानमा गेडा लागी सकेको थियो । तर तल्लो क्षेत्रमा पानी कम परेकोले रोपाई ढिलाई हुँदा धानमा फुलपनि मध्य असोज देखी वल्न लाग्न थालेको थियो । त्यै वेला लगातार हप्ता दिन त्यो पनि ठूलो मात्रामा पानी परेकोले धान लाग्नै पाएन ।
‘असारसम्म रोपेको धानमा राम्रो उत्पादन नभएपनि खास क्षति पुगेन । साउन महिना अझ साउनको अन्तिम तिर रोपेका धान खेती स्वाङ्ग उड्यो । धानको वालामा गेडा नै लागेन’ बेनी नगरपालिका, १ रत्नेचौरका कृषक टेकबहादुर रावलले भने, ‘बढी धान खेती गरेर, धान भएन पराल मात्र भित्राईयो ।’
गत वर्ष जिल्लामा १३ हजार ४ सय ८० मेट्रिक टन धान उत्पादन भएकोले यो वर्ष घटेर ११ हजार ९ सय मे. टन मात्र धान उत्पादन हुन सकेको छ । तयस्तै कोदो पनि यो वर्ष तीन हजार २ सय ५० मे. टन मात्र उत्पादन भएको छ ।
‘बढ्दो बाँझो पनले धान उत्पादन घट्दै गएपनि यो वर्ष वेमौषी बर्षाले म्याग्दीको मुख्य अन्नवाली धान र कोदो उत्पादनमा धेरै न्यून भएको छ’ ज्ञान केन्द्रकी वाली संरक्षण अधिकृत निर्मला कटुवालले भनिन, ‘जिल्लामा धान र कोदो वालीको क्रप कटिङ विधीबाट उत्पादन अवस्था अध्ययन गर्दा प्रतिहेक्टर धानको ३.४ र कोदोको १.२८ उत्पादकत्व घटेको पाईयो ।’
कृषी ज्ञान केन्द्रका अनुसार बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुरा, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती धानको खेती हुन्छ । नदी किनाराका फाँटभन्दा माथिल्लो अधिकांश खेतमा मार्सी, कालोमार्सी, झिनुवा, गुडुरा, दर्माली, तकमारे, जेठोबुढो आदी रैथाने जातका धान खेती हुन्छ ।
जिल्लाका अधिकांश माथिल्लो क्षेत्रका खेतमा भने रैथाने जातका गुडुरा र मार्सी धान बढी उत्पादन हुन्छ । जिल्लाको पश्चिम मुना र उत्तर तर्फको घारको माथिल्लो क्षेत्रमा दुई हजार मिटरसम्म हावापानीमा धान फल्ने फाँट हुन । उपल्लो धौलागिरी र अन्नपूर्ण हिमाल मुनीका उपल्लो भेगका पहाडी फाँटमा भने माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान खेती गरिन्छ ।
‘जिल्लाको सवै भन्दा कम क्षेत्रफलमा धान खेती हुन्छ । सिंचाई भूमी न्यून भएपनि उत्पादनमा आत्म निर्भर बन्न नसकेपनि स्थानिय चामल महंगोमा बेचेर सस्तो मुल्यको बजारिया चामल खाने बढी छन’ कृषी ज्ञान केन्द्रकी कृषी प्राविधिक सम्झना आचार्यले भनिन, ‘बजारीया चामलको रक्सि बनाउन बढी प्रयोग हुँदा आयात बढी देखिन्छ ।’
जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेतीबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । जिल्लाको पात्लेखेत, तोरीपानी जस्ता उच्च क्षेत्रबाट माछापुच्छ्रे–३ र छोम्रोङ्ग जातका धान खेती हुन्छ ।