FLASH NEWS
  • Loading...

पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४६ पटक पढिएको
पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने

माघेसंक्रान्ती पर्वको अवसारमा आगामी पुष २८ देखि म्याग्दीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ ।

पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ संचालन हुने लागेकाे म्याग्दी उद्योग वाणिज्य संघले विहिबार पत्रकार सम्मेलन गरी महाेत्सवगरी जानकारी गराएकाे हाे ।

संघका अध्यक्ष वेलबहादुर कटुवालका अनुसार स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हाे ।

महोत्सवमा अवसरमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता (गण्डकी लोक आईडल), भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगिता, रत्यौलि प्रतियोगिता, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि संघले महोत्सव लगाउदै आएको छ ।