FLASH NEWS
  • Loading...

प्रत्यक्षमा चुनाव जितेर सांसद बने श्रीमान्-श्रीमती

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०० पटक पढिएको
प्रत्यक्षमा चुनाव जितेर सांसद बने श्रीमान्-श्रीमती

नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन्।

एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको हो।

जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए।

समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्।  उनका श्रीमान् रघुवीर महासेठले मंगलबार धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्।

रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत पाएका छन्। *सेताेपाटीमा समाचार छ ।