FLASH NEWS
  • Loading...

डोटीमा भूकम्पबाट ६ जनाकाे मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८३ पटक पढिएको
डोटीमा भूकम्पबाट ६ जनाकाे मृत्यु

डोटीमा मंगलबार मध्यराति ६. ६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ। बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा उक्त घटना भएको हो। गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ। एक दर्जनभन्दा बढी घाइते छन्। केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीयबासी बताएका छन्।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो। पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो। गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन्। उनीहरू चिसोमा खुला आकाशमुनि रात विताएका छन्।