FLASH NEWS
  • Loading...

बेपत्ता हेमराज भेट्टाउनेलाई १० लाख पुरस्कार !

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४२८ पटक पढिएको
बेपत्ता हेमराज भेट्टाउनेलाई १० लाख पुरस्कार !

बेनी नगरपालिका–५ पुलाचौर म्याग्दी स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थलीबाट २५ दिन देखी वेपत्ता ५० वर्षीय हेमराज शर्माकाे पत्ताे दिने ब्यक्तिलाइ परिवारले १० लाख पुरस्कार दिने भएकाे छ ।

 

सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद रु १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।