FLASH NEWS
  • Loading...

‘मंसिर चार, ओली सरकार’ -एमाले घाेषणा पत्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१३ पटक पढिएको
‘मंसिर चार, ओली सरकार’ -एमाले घाेषणा पत्र

चुनावमा मतदाता आकर्षित गर्न आम समुदायको ध्यान खिच्न सक्ने व्यक्तिलाई भावी प्रधानमन्त्रीकाे रूपमा अघि सार्ने चलन नेपाली राजनितीमा खास छैन । तर यसपाली एमालेले भावी सरकारको प्रधानमन्त्रीकाे रूपमा  ओली नै हुने सोमबार घोषणापत्रमार्फत सार्वजनिक गरेकाे छ । मूल चुनावी नारा ‘मंसिर चार, ओली सरकार’ छ । घाेषणा पत्रमा २० ग्यारेन्टी कार्यक्रम पनि अघि सारेकाे छ ।

विगतमा पार्टी कार्यालय वा कुनै पार्टीका फोरम मार्फत् चुनावी अभियान वा घोषणा पत्र सार्वजिनक गर्दै आएको एमालेले यसपटक भने जमना अनुसार प्रविधी मैत्री शैली अपनायो । डिजिटल प्लेटफर्मको अत्याधिक प्रयोग गरेर सञ्चालन गरि अन्य राजनीतिक दल भन्दा नयाँ प्रविधिको उपयोग गर्न र व्यवस्थित देखाउने कोसिस भएको थियो ।

अध्यक्ष ओलीले फिङगर प्रिन्ट स्क्यान गरेर घोषणापत्र सार्वजनिक गरे । सार्वजनजिक भएको घोषणा पत्र विगतमा जस्तै कसैले मौखिक वाचन गरेन । डिजिटल भिज्यूलाईजेसन गरियो । घोषणा पत्रमा मुख्य बुँदा सार्वजनिकपछि ‘‌ओलीसँग लाइभ डिबेट’ कार्यक्रम राखिएको थियो । जसको स‌ंचालक पूर्व बैंकर अनिलकेशरी शाह थिए । करिब २ घण्टा ओलीले शाह र अन्यले सोधेका प्रश्नका उत्तर दिए ।

एमालेले मंगलबार घोषणा गरेका कार्यक्रममा विगतमा ओली सरकारले गरेकै कामलाई उपलब्धीको रुपमा चर्चा गरेको छ । त्यही कामको आधारमा चुनाव लडेको र बाँकी काम गर्नका लागि ‌‌ओलीकै सरकार आवश्यक पर्ने घोषणा पत्रको मूल् उद्देश्य छ । ४१ महिना सरकारमा नेतृत्व गर्दा गरेका ८२ वटा उपलब्धी एमालेको घोषणा पत्रमा छ ।

एमालेले ३० कार्यक्रमको घोषणा गरेको छ भने र २ सय ४७ वटा प्राथमिकता निर्धारण गरेको छ । लामो समयदेखि विवादको विषय बनेको नागरिकतामा रहेको समस्या ६ महिनामा समाधान गर्ने एमालेले घोषणा गरेको छ । त्यसैगरी आगामी ५ वर्षमा एमालेले गर्ने २० वटा ‘ग्यारेन्टी’का विषय रहेका छन् ।

‘एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो,’ घोषणापत्र सार्वजनिक गर्दै उनलेले भने, ‘यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।’

‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा एमालेले अघि सारेको छ । ‘हाम्रो काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकताको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुने छन्,’ एमालेले भनेको छ, ‘सरकार गठन भएको एक महिनाभित्र बंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने छ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुने छ ।’

एमालेले चीनसँग भएको पारवहन सन्धिदेखि चुच्चो नक्सा जारी गरेको विषयलाई पनि घोषणापत्रमा प्रमुखताको साथ ल्याएको छ । त्यसैगरी ५० युनिटसम्म निशुल्क विजुली दिनेदेखि महिलालाई सेनेटरी प्याडका लागि प्रत्येक वर्ष १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने विषय घोषणापत्रमा उल्लेख छ ।

अब यीनै घोषणापत्रका विषय लिएर ओली शुक्रबारदेखि देशव्यापी चुनावी ‘क्याम्पेन’ मा निस्कँदै छन् । जसको सुरुवात सुदूरपश्चिमको दार्चुलाबाट हुँदैछ । एमालेले केन्द्रबाट सञ्चालन हुने सबै चुनावी कार्यक्रमहरु अध्यक्ष ओलीमाथि केन्द्रित गरेर निर्माण गरेको छ । एमालेको अध्यक्ष ओलीले मात्रै कम्तीमा ४० जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने छन् । उनले दैनिक ३ वटा आमसभा सम्बोधन गर्ने गरि कार्यक्रम तय गरिएको छ ।