FLASH NEWS
  • Loading...

कालिकोटमा बम विस्फोटमा परेर दुई बालिकाको मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३२ पटक पढिएको
कालिकोटमा बम विस्फोटमा परेर दुई बालिकाको मृत्यु

कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ।
चार वर्षीय झरना थापाको घटनास्थलमै  ज्यान गएको तिलागुफा–९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले जानकारी दिए। त्यस्तै, चार वर्षकै सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको हो।
घट्नास्थल पुगेका अध्यक्ष रोकायाका अनुसार तीन जनामा गम्भिर घाइते भएका छन्।  ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते भएका हुन्। उनीहरूको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
बम नयाँ हो कि पुरानो भन्ने स्पष्ट भईनसकेको रोकाया बताउँछन्। जिल्ला प्रहरी कार्यालयका एक प्रहरी भने बम माओवादी द्वन्द्वकालको ‘ल्याण्डमाइन’ हुन सक्ने बताउँछन्।