FLASH NEWS
  • Loading...

माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८४ पटक पढिएको
माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेख्दै नेपालले निर्वाचन सम्बन्धी कसुर गरेकोले कारवाही गर्न निर्देशन दिएको हो ।

नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । उनले निर्वाचनलाई प्रभावित पार्ने कसूर गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० मा गरिएको उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था नेपालले उल्लंघन गरेको आयोगले जनाएको छ ।

नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको र यो ऐनको व्यवस्थाअनुसार कसूर भएको ठहर गर्दै आयोगले सोही ऐनको दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।